सप्तरीमा एक वर्षमा एक हजार जना फरार अभियुक्त पक्राउ

जनकपुरधाम : चालू आर्थिक वर्ष ०७७ ७८ मा सप्तरी प्रहरीले एक हजार भन्दा बढी फरार अभियुक्तलाई पक्राउ गरेको छ । अदालतबाट फैसला भई फरार रहेकाहरुलाई फौसला कार्यान्वयन गराउने क्रममा एक हजार १ सय ४९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले एक विज्ञप्ति जारी गरी पक्राउ परेकाहरुबाट १ करोड १९ लाख ५४ हजार ८ सय १६ रुपैया राजश्व असुल गरिएको र तिनीहरुबाट २ सय ४२ वर्ष ५ दिन कैद भूक्तान गराइने जनाएको छ ।
प्रवक्ता काफ्लेका अनुसार फैज्दारी मुद्दाका २ सय १ जना र देवानी मुद्दाका ९ सय ४८ जना अदालतबाट सजाय पाएर फरार भएका थिए । यस्तै चालु आर्थिक वर्षको १२ महिनामा भन्सार छलि गरेर ल्याएको ३ करोड १७ लाख ५९ हजार १ सय ७६ मुल्य बराबरको अवैध किराना सामान, लत्ताकपडाहरु, सवारी साधन, मदिराजन्य, विद्यूतीय सामाग्री लगायतका सामानहरु बरामद गरिएको प्रवक्ता काफ्लेले बताए ।
उक्त तस्करीमा संलग्न १ सय २४ जनालाई पक्राउ गरी कारबाही समेत गरिएको उनले जानकारी दिएका छन ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया