लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा मुलुकको पहिलो आवश्यकता भएकाले शान्ति सुरक्षा कायम गर्ने विषयमा कुनै पनि सम्झौता मान्य नहुने स्पष्ट पारेका छन् । बुधबार विराटनगरमा कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले सामान्य जनजीवन, विकास निर्माण र आर्थिक गतिविधि शान्ति सुरक्षाविना सम्भव नहुने उल्लेख गर्दै सबै सुरक्षा निकायहरुलाई जिम्मेवारीपूर्वक र अनुशासित रूपमा कार्य गर्न निर्देशन दिए ।
उनले लोकतन्त्र भनेको अनुशासनमा आधारित व्यवस्था भएको बताउँदै अराजकता कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान परिमार्जन र परिष्करण गर्न सकिने भए पनि संविधान र प्रणालीविरोधी गतिविधि सह्य नहुने उनले बताए।
त्यस्तै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पछिल्लो समय विभिन्न नाममा देखिएको सुरक्षा चुनौतीको सामना सामूहिक रूपमा गर्नुपर्ने आवश्यकता रहेको बताए । लागूऔषध दुव्र्यसन, सवारी दुर्घटना, साइबर अपराध र सीमा तस्करी नियन्त्रणमा सुरक्षा निकायहरू अझ सक्रिय बन्नुपर्ने उनले बताए । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले कोशी प्रदेशको शान्ति सुरक्षा थप सुदृढ बनाउन गोष्ठी आयोजना गरिएको जानकारी दिए ।

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

कांग्रेस बैठकमा ३५ जनाले राखे धारणा

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

स्वास्थ्य सेवाका लागि आवश्यक बजेट विनियोजन भएको छ : मन्त्री पाण्डे

सुरक्षा निकायले न्यून स्रोत र साधनका भरमा काम गरिरहेका छन् : गृहमन्त्री लेखक

नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह

निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भयो : प्रचण्ड

प्रतिक्रिया