लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन सुरू

लुम्बिनी- लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरू भएको छ । आजबाट सुरू भएको प्रदेशसभा अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखबाट प्राप्त पत्र सभामुख तुलाराम घर्तीमगरले पढेर सुनाउनु भएको थियो ।
प्रदेशसभामा नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले वर्तमान सरकारले समयमा अधिवेशन आह्वान गरेकाले नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताका विषयमा छलफल गर्न पर्याप्त समय भएको बताउनुभयो ।
उहाँले अधिवेशनलाई अवसरको रूपमा लिनुपर्ने बताउँदै सरकार पुँजीगत खर्चमा ध्यान दिँदै अघि बढेको उल्लेख गर्नुभयो । प्रदेश सरकारले आर्थिक स्रोतको परिचालनमा दृढता देखाएको र नीति तथा कार्यक्रमलाई साझा बनाउँदै अघि बढेको उहाँको भनाइ छ ।
नेपाली काँग्रेस प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक जमुना ढकालले यथार्थफरक बजेट ल्याउन सुझाव दिनुभयो । चालु वर्षमा घाटाको बजेट देखिएकाले वास्तविक अवस्था झल्किने बजेट ल्याउन उहाँले आग्रह गर्नुभयो ।
माओवादी केन्द्रका प्रदेशसभा सदस्य इन्द्रजित थारूले नीति तथा कार्यक्रम र बजेटबीच तालमेल हुनुपर्ने धारणा राख्नुभयो । प्रदेशसभा सदस्य भण्डारीलाल अहिरले सरकारले ल्याउने नीति तथा कार्यक्रममा प्राथमिकता स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो ।
निर्वाचन क्षेत्रमा विनियोजत बजेट खर्च नहुँदा फ्रिज हुने अवस्था आएको उल्लेख गर्दै उहाँले नीति तथा कार्यक्रम सबैलाई अपनत्व हुने गरी तयार गर्न सुझाव दिनुभयो ।
प्रदेशसभा सदस्य मीनाकुमारी श्रेष्ठले लुम्बिनी प्रदेशको समग्र विकासमा प्रदेश सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । प्रदेशसभाको आगामी बैठक भोलि जेठ १ गते बिहीबार दिउँसो १ बजे बस्नेगरी आजको बैठक सम्पन्न भएको सभामुख घर्तीमगरले जानकारी दिनुभयो ।

कर्णाली सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

लगातार अनुपस्थित भएपछि प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त

सुदूरपश्चिम प्रदेश सरकारले भूमिसम्बन्धी नीति ल्याउने

'कर्मचारीमा काम गर्ने मनसाय कम देखियो’

मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

दिक्तेलमा पुसको दोस्रो सातादेखि रेड पाण्डा महोत्सव हुँदै, सगरमाथा संवादमा र…

सुशासन कायम गर्ने मुख्यमन्त्री शाहको प्रतिबद्धता

प्रतिक्रिया