रियल म्याड्रिडको संघर्षपुर्ण जित

काठमाडौँ- स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले मल्लोर्काविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ ।
गएराति भएको खेलमा रियल म्याड्रिडले मल्लोर्काविरुद्ध २–१ गोल अन्तरले विजयी भएको हो ।
रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे र ज्याकोब रामोनले एक एक गोल गरेका थिए । रामोनले खेलको इन्जुरी समयमा गोल गर्दै रियल म्याड्रिडलाई जित दिलाएका थिए ।
त्यस्तै मल्लोर्काका लागि मार्टिन भलजेन्टले एक गोल फर्काएका थिए ।
जितसँगै रियल म्याड्रिडको ३६ खेलमा ७८ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ ।
शीर्ष स्थानमा रहेको बार्सिलोनाको ३५ खेलमा ८२ अंक रहेको छ र रियल म्याड्रिडभन्दा ४ अंकले अगाडि रहेको छ ।
त्यस्तै मल्लोर्काको ३६ खेलमा ४७ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया