लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

लखनउ- आज बिहान चलिरहेको स्लीपर एसी बसमा आगलागी हुदाँ जिउँदै जलेर ५ जनाको मृत्यु भएको छ।
अचानक भएको आगालागी दुर्घटनामा पाँच यात्रु जलेर मृत्यु भएको हो । मृत्यु हुनेमा आमा–छोरी, बाबु–छोरी रहेका छन् । बसमा करिब ८० यात्रु सवार थिए । बस बिहारबाट दिल्ली गइरहेको बेला सो आगलागी भएको हो ।
मोहनलालगञ्ज नजिकैको बाहिरी चक्रपथ (किसानपथ) मा बिहान ५ बजे सो आगलागी भएको हो । त्यतिबेला अधिकांश यात्रु सुतिरहेका थिए । बसमा एक्कासी धुवाँ निस्कन थालेको यात्रुले बताएका छन् । केही मिनेटमै ठूलो आगो निस्किएको थियो ।
बसभित्र भागदौड भएको थियो । बसका चालक र कन्डक्टर जलेको बस छोडेर भागेका थिए । चालकको सिट नजिकै अतिरिक्त सिट थियो। यस्तो अवस्थामा यात्रुलाई ओर्लन समस्या भएको छ । धेरै यात्रु फसे र लडेका थिए।
वरपरका मानिसहरूले प्रहरी र दमकललाई खबर गरेका थिए। दमकलको गाडी आइ पुग्दासम्म बस पुरै जलिसकेको थियो । दमकलले करिब ३० मिनेटमा आगो निभाएको थियो । भित्र पुग्दा ५ वटा जलेको शव भेटिएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा बसको आकस्मिक गेट नखुलेपछि सो ठूलो दुर्घटना भएको हो । जसका कारण पछाडि बसेका मानिसहरु अलपत्र परेर आगलागीको चपेटामा परेका थिए ।

इरानको सुरक्षा व्यवस्थामा नयाँ सुधारः ‘रक्षा परिषद्’ गठन हुने सम्भावना

गाजावासीलाई नगद सहायता दिइए पनि बजारमा खाद्यान्न अभाव : संयुक्त राष्ट्रसंघ

जापानको बेरोजगारी दर २.५ प्रतिशतमै स्थिर

नाइजेरियामा जिहादी आक्रमण : १५ किसान र बालबालिकाको हत्या

गाजामा मानवीय संकट चरममा : संयुक्त राष्ट्रसंघ

इरानसँग सबन्ध राखेको भन्दै ट्रम्पले लगाए ६ भारतीय कम्पनीमाथि प्रतिबन्ध

प्रतिक्रिया