क्याम्पिङ क्षेत्रको सरसफाइ गरी काठमाडौँ फर्कियो स्पार्क कारको स्वयंसेवक टोली

काठमाडौँ- स्पार्क कारले आयोजना गरेको स्पार्क एड्भेञ्चरको क्याम्पिङ क्षेत्र पत्ताले, गौरीटाप र रुम्झाटारको कन्सर्ट स्थल सरसफाइ गरी काठमाडौँ फर्किएको छ ।
सरसफाइका लागि खटिएको स्वयंसेवक टोलीले गौरी टापमा टेन्ट क्याम्पिङ उठाएपछि वरपरको क्षेत्र सरसफाइ गरेको कार्यक्रम सम्योजक अमरदीप भट्टराईले जानकारी दिए । वातावरण संरक्षणका साथै कुनै पनि हानी नहोस भन्ने उद्देश्यले फोहोर उठाइ व्यवस्थापन गरिएको हो ।
तीन हजार मिटर उचाइमा रहेको पत्ताले, गौरीटाप विभिन्न गुराँसको जंगल, सगरमाथालगायतका अग्ला हिमालहरुको अनुपम अवलोकन एवं सुर्योदय सुर्यास्तलगयत धार्मिक हिसाबले समेत पर्यटकीय महत्वको गन्तव्य हो ।
काठमाडौँबाट ५० भन्दा बढी विद्युतीय सवारीमा यहीँ आइपुगेका पुगेका दुई सयभन्दा बढी पाहुना गौरीटापको क्याम्पिङ बसाइपछि रुम्झाटारमा होमस्टेको आतिथ्य र दर्जन कलाकारको कन्सर्टमा झुमेका थिए । ग्रीन मोबिलिटी प्रवर्द्धन गरिरहेको स्पार्क कारले दिगोपनामा पनि उत्तिकै जोड दिएको छ ।
प्रचुर पर्यटकीय सम्भावना हुँदा पनि प्रचारप्रसारको अभावमा ओझेरमा परेका पर्यटकीय गन्तव्य विकास गर्ने उद्देश्यले स्पार्क कारले स्पार्क एड्भेञ्चर आयोजना गर्दै आएको छ । कम्पनीलो पहिलो संस्करणमा लमजुङको भुजुङ र दोस्रो संस्करण दोलखाको शैलुङमा सम्पन्न गरिसकेको छ ।

भिरबाट लडेर महिलाको मृत्यु

नदीजन्य विपद् कम गर्न नदीबाट निकालियो दुई हजार ट्रिप माटो

मुस्ताङका चार पालिकामा घुम्ती गोठ

विपन्न मुक्तकमैया, मुक्तहलियाका घरमा खानेपानीका धारा जडान

प्रधानसेनापतिद्वारा केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

वन्यजन्तुका लागि पानी खान पोखरी निर्माण

शुक्लाफाँटामा २० वर्षमुनिका किशोरी आमा बन्ने दर बढ्दो

प्रतिक्रिया