बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

नेपाल ६ बिकेटले बिजयी, बहराइन समूह चरणवाटै बाहिरियो

नेपालले बहराइनविरुद्ध डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा ६ विकेटको जित दर्ता गरेको छ । आइसिसी महिला ट्वान्टी(२० विश्वकप एसिया छनोटमा बिहीबार नेपालले बहराइनविरुद्ध डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा ६ विकेटको जित दर्ता गरेको हो ।

थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा वर्षा बाधक बनेपछि नेपालले आठ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो ।  उक्त लक्ष्य नेपालले ५.४ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको हो नेपालका लागि कप्तान इन्दु बर्माले अविजित २४ र पूजा महतोले अविजित १३ रन बनाएका थिए भने बहराइनका लागि पवित्रा सेट्टीले तीन विकेट लिएकी थिइन ।

त्यसअघि टस जितेर ब्याटिङ गरिरहेको बहराइनले १२.४ ओभरमा तीन विकेट गुमाउँदै ७६ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । समूह चरणको आफ्नो अन्तिम खेलमा जित निकालेसँगै नेपालले सुपर–३ को सभ्भावनालाई जिवितै राखेको छ । पराजित बहराइन भने समूह चरणबाटै बाहिरिएको छ । जितसँगै तीन खेलमा पाँच अंक जोडेको नेपाल समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । पराजित बहराइन एक अंकका साथ पुछारमा थन्किएर बाहिरिएको हो ।

अब नेपालले सुपर–३ मा पुग्नका लागि शुक्रबार हुने हङकङ र बहराइनबीचको खेल कुर्नुपर्नेछ । यो खेलमा बहराइन विजयी भएमा नेपालको अघिल्लो चरणको यात्रा तय हुनेछ ।