शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

काठमाडाैं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले शुक्रबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएकाे हाे ।  

यसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको हो ।

नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५७ रुपैयाँ र डिजेलको मूल्य १४२ रुपैयाँ कायम गरिएको छ । सुर्खेत र दाङमा पेट्रोल १५६ र डिजेल १४१ रुपैयाँमा उपलब्ध हुनेछ । अन्य स्थानहरूमा पेट्रोलको मूल्य १५४.५० रुपैयाँ र डिजेलको मूल्य १३९.५० रुपैयाँ तोकिएको छ ।

निगमले इन्डियन आयल कर्पोरेसनबाट बिहीबार प्राप्त मूल्य सूचीको आधारमा नयाँ मूल्य निर्धारण गरेको जनाएको छ । उक्त सूचीअनुसार पेट्रोलमा प्रतिलिटर १.०८ रुपैयाँ र डिजेलमा २.८० रुपैयाँको दरले मूल्य घटेको हो ।