बजेट व्यावहारिक र कार्यान्वयनमुखी हुनुपर्छ: सांसदहरु

सांसदहरुले आगामी आर्थिक वर्षको बजेट व्यावहारिक र कार्यान्वयनमुखी हुनुपर्नेमा जोड दिएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा जारी आव २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफलमा दलीय प्रतिनिधित्वका आधारमा बोल्दै उहाँहरुले बजेटमा पूरा गर्न नसकिने आश्वासनका चाङभन्दा कार्यान्वयन गर्न सकिने आयोजना र कार्यक्रमलाई समेट्न माग गरे।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिव नेपालीले जनजीविकासँग जोडिएका विषय हरेक वर्ष बजेट र कार्यक्रममा आए पनि व्यावहारिक कार्यान्वयन हुन नसकेको भन्दै बजेट आश्वासनमुखी नभई यथार्थपरक ल्याइनुपर्नेमा जोड दिए। उनले भने, “बजेटमा अब शब्द र भाषण हैन कार्यनीति र परिणाम हुनुपर्छ । शिक्षा, स्वास्थ्य, रोजगारी र न्यायको सुनिश्चिताका लागि सरकार र राजनीतिक दलहरु गम्भीर हुनुपर्छ ।”
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले बजेटमा कृषि, मलखादको विषय समेट्न माग गरे। उनले महिलाको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरजस्ता विषय किन प्राथमिकतामा परेनन् भनी प्रश्न गरे।
नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले विकासलाई तीव्र रुपमा अगाडि बढाउन उत्पादन र उद्यमशीलता विकास गर्नेगरी बजेट विनियोजन हुनुपर्नेमा जोड दिए।
जनता समाजवादी पार्टीका सांसद सुशीला श्रेष्ठले कृषि उत्पादन प्रवद्र्धन, तीन तहका सरकारबीच समन्वय गरेर उत्पादन प्रवद्र्धन गर्नेगरी बजेटमा विषयहरु सम्बोधन हुनुपर्ने बताइन्। नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले कृषि, शिक्षा, स्वास्थ्यलगायत विषयलाई प्राथमिकता दिनुपर्ने औँल्याइन्।
सांसदहरु रमा कोइराला पौडेल, सुनिता बराल, तोसिमा कार्की, बिनाकुमारी थनैत, लालप्रसाद साँवा लिम्बू, हितबहादुर तामाङ, सपना राजभण्डारी, प्रभु हजारा, सुशीला थिङ, रामशंकर यादव र हृदयराम थानीले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका विषयमा समेट्नुपर्ने विषयको ध्यानाकर्षण गराएका थिए।

केही दिनभित्रै गभर्नरको नियुक्ति हुन्छ : सञ्चारमन्त्री गुरुङ

माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल

चौधरीलाई मन्त्री बनाउन संसदीय दलको सिफारिस

मानसिक स्वास्थ्य समस्या गम्भीर चुनौतीका रूपमा देखियो: मन्त्री पौडेल

‘सगरमाथा संवाद’मा सोलुखुम्बुको थामेको आवाज सम्बोधन हुने : प्रधानमन्त्री ओली

दमक भ्युटावर शुल्क लिई सञ्चालन गर्न स्वीकृति

मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन मिलेर काम गर्नुपर्छः प्रधानमन्त्री ओली

प्रतिक्रिया