आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ- आजदेखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले गएराती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
यसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको हो ।
नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५७ रुपैयाँ र डिजेलको मूल्य १४२ रुपैयाँ कायम गरिएको छ । सुर्खेत र दाङमा पेट्रोल १५६ र डिजेल १४१ रुपैयाँमा उपलब्ध हुनेछ । अन्य स्थानहरूमा पेट्रोलको मूल्य १५४.५० रुपैयाँ र डिजेलको मूल्य १३९.५० रुपैयाँ तोकिएको छ ।
निगमले इन्डियन आयल कर्पोरेसनबाट बिहीबार प्राप्त मूल्य सूचीको आधारमा नयाँ मूल्य निर्धारण गरेको जनाएको छ । उक्त सूचीअनुसार पेट्रोलमा प्रतिलिटर १.०८ रुपैयाँ र डिजेलमा २.८० रुपैयाँको दरले मूल्य घटेको हो ।

रैथाने कृषि उपजलाई बजारीकरण गर्दै ढिकी जाँतो

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ?

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

प्रतिक्रिया