नेपाल बंगलादेशसँग पराजित, सेमि फाइनलबाट बाहिरियाे
साबिक विजेता बंगलादेशसँग नेपाल २–१ ले पराजित भएको छ । यस पराजयसँगै नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।
शुक्रबार भारतको अरुणाञ्चालस्थित गोल्डन जुब्ली रशंगशालामा बंगलादेशलाई जित दिलाउन अशिकुर रहमान र कप्तान नज्मुल हुदा फैसलले गोल गरेका थिए भने नेपालका लागि सुजन डंगोलले गोल फर्काएका थिए ।
खेलको दोस्रो हाफको ७३औं मिनेटमा अशिकुरको गोलमार्फत बंगलादेशले अग्रता लिएको थियो भने त्यसको ८ मिनेट पछाडी नै नज्मुलले टोलीको अग्रता दोब्बर बनाउन सफल भए ।
निर्धारित समय सकिन ३ मिनेट बाँकी रहँदा सुजनले गोल गर्दै नेपालाई खेलमा फर्काउन प्रयास गरे पनि त्यो समय अभावका कारण पर्याप्त बन्न भने असफल भयो ।
समूह चरणमा श्रीलंकाविरुद्ध ५–० को सानदार जित निकालेको नेपालले घरेलु टोली भारतसँग ४–० को फराकिलो हार बेहोरेको थियो । यता माल्दिभ्सँग २–२ को बराबरीमा रोकिदा बंगलादेशले भुटानलाई ३–० ले हराएको थियो ।
अब बंगलादेशले उपाधिका लागि भारत र माल्दिभ्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया