सानेपा पुगेर बाबुराम भट्टराईसँग चन्दको भेटवार्ता

काठमाडौँ - पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्रता दिएका नेकपाका महासचिव नेत्रविक्रम चन्द र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । सानेपामा रहेको भट्टराई निवास पुगेर चन्दले भेटवार्ता गरेका हुन् ।
विगतमा नेकपा माओवादीमा रहेर सँगै सशस्त्र द्वन्द्वमा होमिएका चन्द र भट्टराई अहिले फरक-फरक पार्टीमा छन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका चन्दले आइतबार बिहानै भट्टराईलाई भेटेका हुन् ।
भेटमा समसामयिक राजनीतिका साथै विगतमा सँगै राजनीति गर्दाको बारेमा अन्तरंग छलफल भएको भट्टराईका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिए ।

बहादुरसिंह लामाले गुमाए संसदीय दलको नेताको हैसियत

‘विद्युत् खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ’

नाग पञ्चमीको शुभकामना दिदैँ प्रधानमन्त्री ओलीले भने- ‘प्रकृतिको संरक्षण आजको प्…

कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता चयन गर्न बैठक बस्दै

जलवायु परिवर्तनका चुनौतीको समयमै समाधान गर्नुपर्छः उपराष्ट्रपति यादव

नेपालमा भैँसीको मासु प्रशोधनसम्बन्धी उद्योग स्थापना गर्न चिनियाँ कम्पनी स्वीकृतः…

आज पाँच संसदीय समितिको बैठक बस्दै

प्रतिक्रिया