कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरीः अध्यक्ष नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरी रहेको बताएका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सिंगो कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्ने काममा आफूहरु लागिरहेको बताए । उनले आफ्नो अडान र विचारमा आत्मविश्वासी भएर अघि बढ्न जरुरी रहेको बताए । उनले विचार, दृष्टिकोण मिल्नेहरुसँग हातेमालो गर्न, मोर्चा बनाएर जानुपर्ने बताए । उनले सम्भव भए पार्टी एकता गरेर जानुपर्नेमा जोड दिए ।
अध्यक्ष नेपालले भने, ‘सकेसम्म हामीले चाहनुपर्छ, सिंगै आन्दोलनलाई एकतावद्ध बनाउन । कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउन, त्यस काममा त हामी लगातार लागिरहेका छाँै । ०३२ सालदेखिलाग्दै आयौँ । धेरै समूहलाई, सानासाना टुक्रामा छरिएका एकतावद्ध बनाउँदै पनि गयौँ । कोही एकतावद्ध भए,कोही भएनन् । कोही एकतावद्ध भएर पनि बिचैमा छोडेर पनि गए । त्यस्तो भइरहन्छ । यसमा आत्तिने काम कहिल्यै पनि गर्न हुँदैन । आफ्नो अडान ठिक छकी छैन, आफ्नो विचार ठिक छ की छैन ? त्यसमा सबैभन्दा पहिला आत्मविश्वास हुनुपर्छ । त्यसको आधारमा आफ्नो शक्तिलाई बलियो बनाउने काममा जुट्नुपर्छ । अनि विचार, दृष्टिकोण र घराना मिल्नेहरुसँग हातेमालो गर्नुपर्छ । मोर्चा पनि बनाउनुपर्छ । सहकार्य गर्नुपर्छ । सम्भव हुन्छ भने पार्टी एकता पनि गरेर जानुपर्छ ।’
अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीको विचार र सिद्धान्तबाट विचलित नभइकन सबै खालका विकृति, विसंगतिसँग जुधेर इमान्दार कम्युनिष्टको रुपमा अघि बढ्न जरुरी रहेको बताए ।

विकास सहायतालाई अनुमानयोग्य र पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आह्वान

नेतृत्वप्रति आक्रोश भए पनि व्यवस्थाप्रतिको समर्थन घटेको छैनः माधव नेपाल

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

कांग्रेस बैठकमा ३५ जनाले राखे धारणा

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

स्वास्थ्य सेवाका लागि आवश्यक बजेट विनियोजन भएको छ : मन्त्री पाण्डे

सुरक्षा निकायले न्यून स्रोत र साधनका भरमा काम गरिरहेका छन् : गृहमन्त्री लेखक

प्रतिक्रिया