नेपालमा कुनै संकट छैन : प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै संकट नरहेको बताएका छन् ।
शनिबार मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई बल्खुमा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले कुनैपनि कुराको संकट नभएकाले ढुक्क भएर आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरे । उनले आफूहरुलाई मार्ग निर्देश गर्न माक्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद रहेको बताए । उनले आफूहरुका प्रेरणाका श्रोत दन भण्डारी, जीवराज आश्रित जस्ता महान नेताहरु रहेको र उहाँबाट सही ढंगले वैचारिक हिसावले मार्गनिर्देशन भइरहेको बताए ।
प्रधानमन्त्री ओलीले आजको परिस्थिति एउटा अनुकुल परिस्थिति भएको र अनुकुल परिस्थितिलाई प्रत्यक्ष राजनीतिक आक्रमण, दलगत आक्रमण र पार्टी विशेषलाई केन्द्रित गरी पार्टी अध्यक्षमाथि व्यक्तिगत रुपमा पनि केन्द्रित गरेर हमला भइरहेको बताए । महाभारत युद्धको बेलामा युधिष्ठिरलाई घेराउ गरेको उदारहण दिँदै प्रधानमन्त्री ओलीले आफूलाई पनि त्यही हिसावले घेर्ने काम भइरहेको बताए । नेता ढल्यो भने पार्टी ढाल्न सहज हुने बुझाइले आफूमाथि प्रहार भइरहेको जिकिर गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘आजको परिस्थिति भनेको एउटा अनुकुल परिस्थिति हो । यस अनुकुल परिस्थितिलाई प्रत्यक्ष राजनीतिक आक्रमण, दलगत आक्रमण, त्यो पनि पार्टी विशेषलाई केन्द्रित गरेर, त्यसमा पनि पार्टी अध्यक्षमाथि व्यक्तिगत रुपमा पनि केन्द्रित गरेर हमला भइरहेको छ । किनभने उहिले महाभारतको युद्धमा युधिष्ठिरलाई क्याप्चर गर्न, युधिष्ठिरलाई बन्दी बनाउन खोज्थे, किनभने राजा समातियो, राजा बन्दी भयो भने युद्ध समाप्त हुन्छ । नेता ढल्यो भने धानिन गाह्रो हुन्छ, त्यही कुरा उनीहरुले बुझेका छन् । नेता समाप्त पारियो भने पार्टीलाई समाप्त पार्न सजिलो हुन्छ भन्नेकुरा बुझेका छन् । नेपालमा हामी शतर्क छौँ । नेकपा एमाले हरेक परिस्थितिको सामना गरेर अघि बढ्न तयार छ । हामी कहाँ केही कुराको पनि त्यस्तो क्राइसिस छैन । क्राइसिस छैन । तपाईंहरु एकदम ढुक्क भएर आत्मविश्वासका साथ अघि बढ्नूस् । हामीलाई बाटो देखाउन माक्सवाद, लेनिनवाद छ, जनताको बहुदलीय जनवाद छ । हाम्रा प्रेरणाका श्रोत, मदन भण्डारी, जीवराज आश्रित जस्ता महान नेताहरु हुनुहुन्छ । जसले हामीलाई सही ढंगले मार्गनिर्देशन गरेका छन् वैचारिक रुपले ।’
प्रधानमन्त्री ओलीले आफूहरु सत्यको मार्गमा रहेकाले अन्तिममा विजय सत्यकै हुने जिकिर गरे ।

‘काँक्रेविहारलाई कर्णालीको आर्थिक केन्द्रका रूपमा प्रवर्द्धन गर्न सकिने’

नेकपा एसको निष्कर्षः प्रतिशोधका आधारमा फसाउन खोज्यो

हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने भएपछि प्रधानमन्त्री ओलीले भने- दशकौँ पुरान…

‘कमला नदीमा पुल निर्माण चाँडै’

प्रधानमन्त्री ओली शनिबार स्पेन जाँदै, सहमतिपत्रमा हस्ताक्षर हुने

एमालेले भन्योः एक वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी

एमालेले गर्यो विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

प्रतिक्रिया