इन्डोनेसियाको पूर्वी क्षेत्रमा रहेको सुन खानीमा पहिरो : ६ जनाको मृत्यु, १४ बेपत्ता

जकार्ता- इन्डोनेसियाको सुदूर पूर्वी क्षेत्रमा रहेको एक सुनखानी नजिकै आएको बाढी र पहिरोमा परी कम्तीमा छ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी बेपत्ता भएका छन् ।
उद्धारकर्मीले बेपत्ता व्यक्तिको खोजी गरिरहेका छन् ।
स्थानीय खोज तथा उद्धार निकायका प्रमुख येफ्री सबरुद्दिनले शुक्रबार राति पश्चिम पपुवा प्रान्तमा घण्टौँको भारी वर्षाका कारण पहिरो र बाढी आएको बताए ।
“उपलब्ध पछिल्लो तथ्याङ्क अनुसार छ जनाको मृत्यु भएको छ भने १४ जना वेपत्ता भएका छन् । वेपत्ता उनीहरूको खोजी भइरहेको छ,” उनले भने ।
राष्ट्रिय विपद् न्यूनीकरण निकाय (बीएनपीबी) का प्रवक्ता अब्दुल मुहारीका अनुसार बाढीको पानी खनिकहरूले प्रयोग गर्ने शिविरमा पसेको हो ।
“स्थानीय समयअनुसार राति ९:०० बजेतिर माथिबाट आएको बाढीको पानीले परम्परागत सुन खानीमा काम गर्नेहरूको अस्थायी आवास क्षेत्रमा क्षति पुर्यायो र उनीहरूका टेन्ट र उपकरणहरू बगायो,” मुहारीले एक विज्ञप्तिमा भनेका छन् ।
खनिज–समृद्ध दक्षिणपूर्वी एशियाली राष्ट्र इन्डोनेशियामा इजाजतपत्र बिनाका खानीहरू सामान्य छन्, जहाँ परित्यक्त साइटहरूले स्थानीयहरूलाई आकर्षित गर्दछ जसले उचित सुरक्षा उपकरणबिना खानीमा बचेको सुन र अयस्कको खोजी गर्छन्।
खानीको कानुनी अवस्थाको बारेमा कुनै आधिकारिक सङ्केत दिइएको छैन, जबकि येफरीले उद्धारकर्ताहरूको ध्यान पीडितहरूलाई उद्धार गर्नमा केन्द्रित रहेको बताए।
प्रहरी, सैनिक र सर्वसाधारणलाई घटनास्थल पुग्न दुई घण्टासम्म समय लागेको र पैदल यात्रा समेत एक घण्टा लाग्ने गरेको येफरीले बताए ।
“त्यहाँको अवस्था अत्यन्तै विकराल छ किनभने केही सडकहरू क्षतिग्रस्त भएका छन् । त्यसैले सवारी साधनले यो क्षेत्र पार गर्दा सावधानी अपनाउनुपर्छ,” उनले भने ।
इन्डोनेसियामा विशेषगरी नोभेम्बरदेखि अप्रिलको बीचमा पहिरो जाने सम्भावना हुन्छ ।
गत सेप्टेम्बरमा पश्चिम सुमात्रामा रहेको अवैध सुन खानीमा गएको पहिरोमा परी १३ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए ।
इन्डोनेसियाको सुलावेसी टापुमा गत बर्षको जुलाइमा गएको पहिरोमा परी त्यहाँ रहेको अवैध सुनखानी नजिकै कम्तीमा २७ जनाको मृत्यु भएको थियो । (एएफपी)

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_7gCYsvOKZv_gogacyqhrtbuj7rjnhmpwu7lagqpb3j9lleok0sxhqbtz5o6mkeadljtmmhx.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया