घाँस काट्ने क्रममा लडेर दुई जनाको मृत्यु

दमौली (तनहुँ)- यहाँको ऋषिङ गाउँपालिका–३ सोलुङमा घाँस काट्ने क्रममा लडेर सोमबार दुई जनाको मृत्यु भएको छ । सोलुङस्थित कटोर्के सामुदायिक वनमा घाँस काट्न गएका दुई महिलाको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा सोही वडा बस्ने ६२ वर्षीया श्रीमाया राना र देवघाट गाउँपालिका–२ बस्ने २६ वर्षीया खिमसरा मगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
बिहान ७ बजेको समयमा घाँस काट्न गएका उनीहरु नफर्किएपछि खोजतलास गर्ने क्रममा घाँस काटेको स्थानदेखि अन्दाजी एक सय मिटर तल उनीहरुको शव भेटिएको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
प्रयोग हुन छाडेपछि खेर जाँदै भेडाको ऊन

विश्व बैंकको अनुदान प्राप्त सडक स्तरोन्नतिमा ढिलाइ

वैदेशिक रोजगारीमा ठगिएकाको ५५ लाख फिर्ता

सेवाग्राही खोज्दै जनप्रतिनिधि र कर्मचारी सहरमा

बेपत्ता तीन किशोरी परिवारको सम्पर्कमा

पर्यटकका पखाइमा म्याग्दीको पुलाश्रम

प्रतिक्रिया