रोमानियाको राष्ट्रपति निर्वाचनको दोस्रो चरणमा डान विजयी

काठमाडौँ- देशको स्थायी निर्वाचन प्राधिकरणद्वारा प्रकाशित नतिजाअनुसार बुखारेस्टका मेयर तथा स्वतन्त्र उम्मेदवार निकुसर डान रोमानियाको राष्ट्रपतिको दोस्रो चरणको निर्वाचनमा विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी जर्ज सिमियनलाई पराजित गरे ।
डानले ५४.१७ प्रतिशत मत प्राप्त गरे भने एलायन्स फर द युनियन अफ रोमानियान्सका नेता सिमियनले ४५.८३ प्रतिशत मत प्राप्त गरे । चुनावी अनियमितता र विदेशी हस्तक्षेपको आरोपका कारण सन् २०२४ को नतिजा रद्ध भएपछि आयोजित पुनः राष्ट्रपति चुनावको यो मतदानले निष्कर्ष निकालेको छ ।
५५ वर्षीय डानले कानूनको शासन सुधारलाई बलियो बनाउने, युक्रेनको लागि सैन्य र कूटनीतिक समर्थन कायम राख्ने र पश्चिमसँग रोमानियाको सम्बन्धलाई गहिरो बनाउने प्रतिवद्धता जनाए ।
३८ वर्षीय सिमियनले मे ४ मा भएको पहिलो चरणको चुनावमा ४०.९६ प्रतिशत मतसहित अग्रता लिएका थिए । जुन डानको २०.९९ प्रतिशतभन्दा अगाडि थियो । सिन्ह्वा

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_7gCYsvOKZv_gogacyqhrtbuj7rjnhmpwu7lagqpb3j9lleok0sxhqbtz5o6mkeadljtmmhx.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया