माइक्रोसफ्टले यस वर्ष ६ हजार कर्मचारी कटौती गर्ने

काठमाडौँ- टेक्नोलोजी दिग्गज माइक्रोसफ्टले मंगलबार घोषणा गर्यो कि उसले विश्वव्यापी रूपमा आफ्नो ३ प्रतिशत कर्मचारीलाई हटाउने भएको छ।
माइक्रोसफ्टको यो निर्णय सबै तह अर्थात जुनियरदेखि वरिष्ठ व्यवस्थापनसम्म र सबै भौगोलिक क्षेत्रको हकमा लागू हुनेछ।
माइक्रोसफ्टका प्रवक्ताले भने, ‘हामी संगठनात्मक परिवर्तनहरू गर्दैछौं, जसले कम्पनीलाई परिवर्तनशील बजारमा सफल हुनको लागि राम्रो स्थान दिनेछ।’
माइक्रोसफ्टमा जुन २०२४ सम्म करिब २ लाख २८,००० कर्मचारीहरू कार्यरत थिए। यसको मतलब यो छ कि अब यो निर्णयसँगै करिब ६ हजार ८०० कर्मचारीहरूले यस कामबाट काम गुमाउन सक्छन्। सन् २०२३ मा १० हजार कर्मचारीको कटौतीपछिको यो सबैभन्दा ठूलो कटौती मानिएको छ ।
माइक्रोसफ्टले यो पटकको लेअफ कार्यसम्पादनमा आधारित नभएको अर्थात् जागिर गुमाइरहेका व्यक्तिलाई कामका कारण बर्खास्त नगरिएको स्पष्ट पारेको छ । कम्पनीको उद्देश्य व्यवस्थापनका तहहरू घटाएर कामलाई थप सरल बनाउनु हो।
चाखलाग्दो कुरा के छ भने, माइक्रोसफ्टले अप्रिल २०२४ मा आफ्नो त्रैमासिक नतिजामा अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेकाे थियाे र कम्पनीको प्रक्षेपण पनि सकारात्मक थियो। तैपनि छाँटकाँटहरूले देखाउँछ कि माइक्रोसफ्ट आफ्नो स्रोतहरू अझ प्रभावकारी रूपमा प्रयोग गर्न चाहन्छ।
माइक्रोसफ्टको शेयर गत सोमबार यस बर्षको उच्च ४४९.२६ डलरमा पुगेर बन्द भएको थियो, यो वर्ष अहिलेसम्मकै उच्च स्तर हो। कम्पनीको शेयर जुलाई २०२३ मा रेकर्ड ४६७.५६ डलरसम्म पुगेको थियो ।

इनफिनिक्सले जीटि ३० प्रो ल्यायो

हाल ४५ बिलियनको चिपको व्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

गुगलको जेमिनी एआई आइफोनमा आउने पक्का

प्रतिक्रिया