संसद् छलेर देउवासँग छलफलमा व्यस्त प्रधानमन्त्री ओली

काठमाडौँ- संसद् बैठक छलेर प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलमा व्यस्त छन् । मंगलबार बिहान ११ बजे बस्ने भनिएको संसद् बैठकमा सांसदहरूले सोधेको प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची थियो । तर पूर्वनिर्धारित सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाइएको छ ।
संसद् सचिवालयले प्रधानमन्त्री ओलीको स्वास्थ्यको कारण पूर्वनिर्धारित सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाएको जनाएको थियो । तर संसद् बैठक चलिरहकै बेला प्रधानमन्त्री ओली र देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । सोमबार पनि प्रधानमन्त्री ओली अस्वस्थ रहेकाले मन्त्रिपरिषद् बैठक रोकिएको थियो ।
सरकारले लामो समयदेखि गभर्नर नियुक्त गर्न सकिरहेको छैन । कांग्रेसको भागमा परेको गभर्नर प्रधानमन्त्री ओलीले नियुक्त गर्न नचाहेको भन्दै कांग्रेस बैठकमा समेत चर्चा भएको थियो ।

साझा मुद्दामा राजनीतिक दल एक हुुनुको विकल्प छैनः नेता सिटौला

निर्वाचन आयोगको राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिमा एमालेको पनि असहमति

सरकारले नै शिक्षा विधेयक अड्कायोः अध्यक्ष दाहाल

कर्णाली प्रदेशमा कांग्रेसको भूमिकाप्रति एमाले असन्तुष्ट

राप्रपा अध्यक्ष लिङ्देन गुट भेलालाई तीव्रता दिँदै

संसदीय समितिमा विद्यालय शिक्षा विधेयकबारेमा छलफल हुने

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

प्रतिक्रिया