मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

कर्णालीमा सिस्नुपानीले भ्रष्टाचारविरूद्ध सचेतनामूलक हास्यव्यङ्ग्य कार्यक्रम गर्ने

काठमाडौँ- नेपाली हास्यव्यङ्ग्य कला साहित्यका माध्यमबाट नेपाली समाजको रूपान्तरणमा क्रियाशील सिस्नुपानी नेपाल (हास्यव्यङ्ग्य सदन)ले कर्णालीका ६ जिल्लामा सचेतनामूलक हास्यव्यङ्ग्य कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

जेठ महिनाको ७ गतेदेखि १५ गतेसम्म सिस्नुपानी नेपाल र ट्रान्सपरेन्सी इन्टरनेसनलको संयुक्त प्रयासमा भ्रष्टाचारविरुद्ध सुशासनका पक्षमा कार्यक्रम हुने आयोजकले जनाएको छ । 

संस्थाले  स्थानीय नगरपालिका कार्यक्रमको स्थानीय संयोजक रहने उक्त कार्यक्रमलाई जिल्ला प्रशासन कार्यालयहरू तथा स्थानीय साहित्यिक संघ संस्थाले पनि सहयोग र समन्वय गर्ने एक विज्ञप्तिमार्फत उल्लेख गरेको छ । 

पश्चिम रुकुम, जाजरकोट, दैलेख, कालीकोट, जुम्ला, मुगुमा कार्यक्रम हुनेछ । सिस्नुपानी नेपाल विगत २८ वर्षदेखि अनवरत रूपमा सञ्चालनमा रहेका छन् । सिस्नुपानीले सामाजिक विसङ्गति र विकृतिहरूलाई व्यङ्ग्यको माध्यमबाट उजागर गर्दै दुई थोपा हाँसो, बा, छोरी, राष्ट्र तथा सिस्नुपानी देउसी जस्ता कार्यक्रमले गर्दै आएको छ ।