जलवायु जोखिम समूहको नेतृत्वकर्ताका रुपमा नेपाल स्थापित भएको छ : डा. बनर्जी

काठमाडौँ- प्राक्टिकल एक्शनका एशिया क्षेत्रीय निर्देशक डा. आयान बनर्जीले सगरमाथा संवादले नेपाललाई जलवायुजन्य जोखिम समुदायको लागि समाधान खोज्नेने नेतृत्वकर्ताको रूपमा स्थापित गरेको बताएका छन् ।
विज्ञ बनर्जीले सरोकारवालाहरूलाई एकै स्थानमा ल्याएर हिमालदेखि समुन्द्रसम्मको पारिस्थितिकीय प्रणालीमा आधारित समाधान खोज्ने प्रयास गर्नु आफैँमा महत्वपूर्ण कार्य भएको भन्दै नेपाल सरकारको प्रशंसा गरे ।
नेपाल सरकारले जलवायु परिवर्तन र वित्त सम्बन्धी पहललाई तिब्रता दिँदै बहु–सरोकारवाला संवादको शुरुवात गरी विश्वलाई सकारात्मक सन्देश दिएको विज्ञ बनर्जीले उल्लेख गरे । सगरमाथा संवाद आफैँमा महत्वपूर्ण भएको बताए । जलवायु कार्यमा देखिएको स्रोत पहुँचको दूरी कम गर्ने सवालमा पनि संवादले पैरवी गरेको उनको तर्क थियो ।
संवादमा सहभागी हुन नेपाल आउनुभएका डाक्टर बनर्जीले न्युज एजेन्सी नेपालका संवाददातासँग कुरा गर्दै क्षेत्रीय स्तरमा बहस छलफल गर्न सगरमाथा संवाद जस्तो बहु–देशीय र बहु–सरोकारवाला गठबन्धन आवश्यक रहेकोमा जोड दिए ।
निर्देशक बनर्जीले जलवायु परिवर्तनले निम्त्याएको प्रकोपको गति हाम्रा कार्यभन्दा तिब्र हुने भएकाले पूर्वसूचना प्रणालीलाई अझै विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए । उनले तत्काल जलवायु वित्त सम्मको पहुँच कमजोर भएकोले स्रोत सम्मको पहुँच र वकालतमा सगरमाथा संवाद जस्ता बहु–सरोकारवाला मंचले सकारात्मक र प्रभावकारी भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
सगरमाथा संवादले नेपाललाई जलवायु संकटको अग्रपङ्क्तिमा रहेका समुदायहरूका लागि समाधान खोज्ने नेतृत्वकर्ताको रूपमा स्थापित गर्ने अपेक्षा गरेको बताए । नविन प्रविधिहरूले जलवायु संकटको प्रभावलाई न्युनिकरण गर्ने सम्भावना बोकेको हुने भएकाले एआई लगायतका प्रविधिलाई समस्या समाधानको हिस्साको रूपमा अघि बढाउन आवश्यक रहेको बताए ।
प्राक्टिकल एक्शनले विगत लामो समयदेखि नेपालमा जलवायु परिर्वतन, पूर्वसूचना प्रणाली र नविकरणीय उर्जामा काम गर्दे आएको छ ।
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला

नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ

सुनसहित विमानस्थलबाट एक जना पक्राउ

गण्डकी प्रदेशमा भूकम्पको धक्का

विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरबाट

तपाईंले सही तरिकाले पानी पिउँदै हुनुहुन्छ ?

कर्तव्य ज्यान मुद्दामा संलग्न पक्राउ

प्रतिक्रिया