अहिले राजा ल्याउनु हुँदैन : नारायणमान बिजुक्छे

काठमाडौँ- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अहिले नेपालमा राजा ल्याउनु नहुने बताएका छन् ।
मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रमपछि कुरा गर्दै उनले नेपालमा अहिले राजतन्त्र ल्याउन नहुने बताएका हुन् ।
उनले संवैधानिक राजतन्त्र नमानेकाले नै तत्कालिन राजा ज्ञानेन्द्र शाह राजाबाट हट्नुपरेको बताए । उनले भारत वा अमेरिकाले नेपालमा राजतन्त्र ल्याउने प्रयास गरेको खण्डमा देशमा युद्ध हुने बताए । उनले राजतन्त्र पुनःस्थापनका लागि बन्दुक बाहेकको उपाय नरहेको र बन्दुक उठाएपछि फेरि त्यसको बिरुद्धमा लडाईं हुने जिकिर गरे ।
उनले भने, ‘राजा सर्वशक्तिमान छ तर यहाँको राजाले मुसा मार्न पनि सक्दैन भनेर बेलायतको संविधानमा लेख्यो तर त्यस्तो राजा त राजा पनि होइन । यहाँ पनि त्यस्तो मान्ने भए त मानिहाल्थे नि । अहिलेको राजाले त सबैलाई जेलमा हालिदियो । बिरोध भएर गयो । फेरि त्यो आयो भने फेरि जान्छ । बाँकी त रहँदैन नि । यदी त्यसलाई इण्डियाले वा अमेरिकाले ल्याएको हो भने लडाईं हुन्छ देशमा । बन्दुक बाहेक अरु उपाय त जनताले मान्दैनन् । अफगानिस्तानमा पनि राजालाई पछि बोलाएको हो । गद्दीमा अब बस्दिन भन्यो । बस्नै सक्दैनन् । बरु अहिले हामीलाई डर छ कि पार्टीहरु झगडा गरेर एक दुई वटा नदीनाला बाँकी छ । त्यो नदेलान् । राजा ल्यायो भने राजाले त अहिले बोलाएर सही गराउँछ । सकिन्छ । त्यसकारण अहिले राजालाई ल्याउनु हुँदैन ।’
अध्यक्ष बिजुक्छेले अहिलेका राजनीतिक दलहरुले कार्यकर्ताहरुलाई पैसा, जग्गा बाँड्ने काम मात्रै गरेको आरोप लगाए ।

भूमि विधेयक कार्यकर्ता पाल्नेगरी आयोः राप्रपा सांसद कार्की

भूमि विधेयक फिर्ता लिन सरकारलाई माओवादीको आग्रह

अध्यादेशमा शासन चलाउने ठाउँमा नपुर्याउन संवैधानिक परिषद्सम्बन्धी विधेयक चाँड…

छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई

जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव

सरकारभन्दा व्यवस्थाको रक्षा माओवादीको प्राथमिकता : वर्षमान पुन

भूमि विधेयक घरजग्गा व्यवसायीलाई महत्व दिनेगरी आयोः राजेन्द्र पाण्डे

प्रतिक्रिया