एभरेष्ट बैंकको १३२औँ शाखा कमलामाईमा

काठमाडौँ- एभरेष्ट बैंकले सोमबार सिन्धुलीको कमलामाई नगरपालिका-६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको छ । यो शाखासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ ।
यस शाखाको विस्तार सँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ्ग सुविधा लिनसक्ने विश्वास बैंकले गरेको छ ।
कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेल र बैंकका संचालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यबाट संयुक्त रुपमा उद्धघाटन गरेका थिए ।
सो समारोहमा कमलामाई नगरपालिका वडा नं ६ का वडाध्यक्ष उज्वल कुमार थापा, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देव नारायण श्रेष्ठ, प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुबेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा बैंकका कर्मचारीहरुलगायत स्थानीयवासीको उत्साहजनक उपस्थिति रहेको थियो ।
सो उद्धघाटन समारोहमा कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलज्यूले बैंकको उपस्थिती सँगै बैंकले गुणस्तरीय सेवा, सुविधा र सन्तुलित लगानी गर्ने विश्वास प्रकट गर्नुका साथै बैंकका सञ्चालक समितिका अध्यक्ष डा. वैद्यले एभरेष्ट बैंकको शाखा कार्यालय सिन्धुलीमा सञ्चालनमा आए सँगै यहाँका वासिन्दाहरुलाई सबल, सरल, उत्कृष्ट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिवद्दता व्यक्त गरे ।
_s9n0E2adwG_gumcjphdni5h8dpeydj8wga6u7eedf5s53tlhjkvy9oq9o55mjx4slzmwcbq_zzVXTG3f46_ovtcs9fyg1h00kuymoihpqjuvqdf93z5teskqgisisumedyljeysawku5jb9.jpg)
कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

आजदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलमा बढ्यो लिटरमै पाँच रूपैयाँ

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आँप मेलामा १० लाखभन्दा बढीको कारोबार

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण हुँदै

आज सुन प्रतितोला कतिमा कारोबार हुँदैछ?

स्काइवाक काठमाडौँ तेस्रो वर्षमा, ३ महिनासम्म पाहुनालाई नि:शुल्क कप उपहार

प्रतिक्रिया