अध्यादेशमा शासन चलाउने ठाउँमा नपुर्याउन संवैधानिक परिषद्सम्बन्धी विधेयक चाँडो पारित गरौँः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संवैधानिक परिषद्सम्बन्धी विधेयक छिटो पारित गर्नेगरी प्रक्रिया अघि बढाउन आग्रह गरेकी छन् ।
मंगलबार सिंहदरबारमा बसेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ मा सैद्धान्तिक छलफलमा समिति सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो आग्रह गरेकी हुन् ।
उनले संवैधानिक परिषद्सम्बन्धी विधेयक टुंगो लगाउन प्रतिपक्ष र सत्तापक्ष नभनि लाग्नुपर्ने बताए । उनले संवैधानिक परिषद्मा अहिले सर्वसहमतिपछि मात्रै निर्णय हुने प्रावधानले मुलुकलाई अनिर्णयको बन्दी बनाएको बताए । उनले अध्यादेशमा शासन चलाउने ठाउँमा नपुर्याउनको लागि पनि संवैधानिक परिषद्सम्बन्धी विधेयक चाँडो पारित गर्नुपर्ने बताए ।
उनले भने, ‘हामी प्रतिपक्ष वा सत्तापक्ष भन्ने माइण्डसेटबाट यो छलफल नगरौँ । जुन संरचना छ, मुलुकको प्रधानमन्त्री अध्यक्ष हुन्छ । प्रधानन्यायाधीश त्यसको सदस्य हुन्छ । सभामुख र राष्ट्रिय सभाको अध्यक्ष, उपसभामुख त्यसको सदस्य हुन्छ । तीन वटा अंगहरुको यो स्ट्रक्चर हो । राजकीय सत्ताको अभ्यासको लागि यो सबैभन्दा ठूलो ठाउँ हो । यो राज्यको समस्या हो । राज्यलाई अनिर्णयको बन्दी बनाउने की नबनाउने भन्ने कुरा हो । यो अहिलेको प्रधानमन्त्रीले मात्रै भोगेको समस्या होइन । २०६६ सालमा बनेको यो ऐनले हाम्रा प्रधानमन्त्रीहरुलाई अनिर्णयको बन्दी बनाइदियो । २०६६ सालदेखि यताको प्रधानमन्त्रीहरुले भोगेको साझा समस्या हो यो । राम्रो सोचेर बनाएको हो तर हाम्रा लागि अवरोध भयो । अब समस्याको चाङ परेको छ । काम त गर्नुपर्छ । फेरि अध्यादेश ल्याएर गर्नुपर्छ । त्यहीँ लफडा हुन्छ । अध्यादेशमा शासन चलाउने ठाउँमा नपुर्याउनको लागि पनि हामीले यो विधेयक चाँडो पास गर्नुपर्छ ।’
मन्त्री गुरुङले कानूनी सीमाभित्र सक्ने गरी विधेयक टुंगो लगाउन आग्रह गरे ।

प्रधानमन्त्री ओली दुबईमा

प्रतिनिधिसभाको बैठक आज बस्ने

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया

सरकारले सुशासनको अनुभूति दिलाउन सकेनः डा. कोइराला

माओवादीलाई विभाजन गर्न षड्यन्त्र र जालझेल भइरहेको छः अध्यक्ष प्रचण्ड

प्रतिक्रिया