नरेन्द्र प्यासीको आवाजमा रुमानीको धिम धिम मुटु सार्वजनिक
काठमाडौँ- गीतकार राजन रुमानीको नयाँ गीत सार्वजनिक भएको छ । धिम धिम मुटु चल्छ, श्वास फेर्छु कहिले । हाँसोसँगै आँसु झर्छ, एक्लै पर्छु अहिले, बोलको गीतमा नरेन्द्र प्यासीको स्वर तथा सङ्गीत छ ।
गीत, जीवन को उत्तरार्धमा कसैको भर नहुने र समयसँगै जीवन यात्रा पनि धिमा चल्ने आशयमा छ । जीवनमा एक्लो हुनुको पिडालाई गीतमा व्यक्त गरिएको छ । भिडिओमा नवीन लम्साल, शारदा अधिकारी र सरोज शाहको मुख्य अभिनय छ । निहाल नरेन सिंहको निर्देशनमा बनेको भिडिओमा सविन अधिकारी सहायक निर्देशकको रूपमा छन् ।
यस गीत गीतकार रुमानीकै युट्युब च्यानल रुमानी क्रियशनबाट सार्वजनिक गरिएको हो । लामो समयदेखि अमेरिका बस्दै आएका रुमानीको शब्दमा यसअघि पनि कल कल मुया बोलको गीत सार्वजनिक भैसकेको छ ।

'भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१' सकियो

सन्नी देओलको 'हनुमान लुक' सार्बजनिक

दुई दिनमा ४५ करोड बढी कमाएको एउटा फिल्म

ओकिलीको नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक

साउदी अरबले बनाउने ५ महत्वकांक्षी फिल्म कस्ताे हुनेछ ?

भाजपा सांसद कंगना र आर माधवन १० वर्ष पुनः पर्दामा सँगै

राजेश खन्ना बलिउडका पहिलो सुपरस्टार, जसको ननस्टप १७ फिल्म भएको थियो सुपरहिट

प्रतिक्रिया