यस्तो हुनेछ आजको मौसम

काठमाडौँ- हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतयाबदली रही बाँकी भू-भागमा मूख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग् सहित हल्कादेखि मध्यम वर्षा भईरहेको छ।
दिउँसो भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफादेखि आंशिक बदली रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी प्रदेशको तराईका भू-भागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भानवा रहेको छ ।
देशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग्रहावाहुरी सहित हल्कादेखि मध्यम वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

‘सोर्स कोड’ चोरीको आरोपमा २ जना पक्राउ

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

आजको मौसमः तराईका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना

नेप्से परिसूचक उकालो लाग्दा आठ अर्ब ५३ करोडको कारोबार

नीति अभावले करोडौँको काठ वनमै कुहिँदै

देशभर आज जलवाष्पयुक्त हावाको प्रभाव कमजोर
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_5ydI7NqXlV_0gvfdnmyyrkxtjfjmmkw741bdkdtdsiwlszpiwy6y3qybh3tk7e1yydfho75_yOEOR7INft_vrgor1yziyzu6c5ejmtwbt01kvnoitwr1ql3ayiqnitjc5f2hdakycdo9wzn_cmAbrC0XbS_lutx3alsb5rhiodesymyzvzpt9opjtyzx8m5ew4rsx1x7fqv40ixujvpx9as_o8ZclhEiIB_fkxdtltr0wwf5j0aroopqzggsqidaletb4pydhifvvluxgsm8peqtxrtovmd_IeIoHLPj9m_xphgas5vphh2b4i45d1uvqvrwxk02ywv9g46qplgjhut7iauvnwnvs7wzq6i.jpg)
सप्तरीमा गोली प्रहारबाट एक जनाको मृत्यु

प्रतिक्रिया