रुकुमपूर्वमा बाबुराम भट्टराईको सिंगो पार्टी माओवादी केन्द्रमा समाहित

जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत रुकुम पूर्वको सिस्ने गाउँपालिका, रुकुमकोटमा आयोजित जनसंवाद कार्यक्रममा सम्पन्न भएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिशेष सम्बोधन गरेको सो सभामा रुकुमपूर्वमा बाबुराम भट्टराईको सिंगो पार्टी माओवादी केन्द्रमा समाहित भएको छ।
कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धका उपलब्धि, राजनीतिक रूपान्तरणको वर्तमान अवस्था र जनताको सहभागितामूलक लोकतन्त्रको आवश्यकता बारे धारणा राखे । उनले अभियानको उद्देश्य जनताको विश्वास र सहभागिता पुनः मजबुत बनाउने रहेको स्पष्टसमेत पारेका छन् ।
सोही अवसरमा जनमुक्ति सेनाका पूर्व कमान्डर तथा नेसपाका पूर्व केन्द्रीय सदस्य जितमान पुन ‘मार्सल’, बाबुराम भट्टराई नेतृत्वको पार्टीको सिंगो कमिटी, साथै नेकपा एमाले निकट दलित मोर्चाका जिल्ला अध्यक्ष उपेन्द्रलाल कामीलगायतका महत्वपूर्ण नेताहरू माओवादी केन्द्रमा समाहित भएका छन्।
अध्यक्ष प्रचण्डले पार्टीमा प्रवेश गरेका नेताहरूलाई स्वागत गर्दै परिवर्तनको आन्दोलनमा पुनः जुट्न आग्रह गरे । सरकारको नेतृत्वमा रहेर जनताको पक्षमा गरेका कामको कारण आएको पार्टी प्रतिको सकारात्मक लहर ऐतिहासिक र प्रेरणादायी भएको बताए । उनले विचार, सिद्धान्त र लक्ष्यको आधारमा एकताबद्ध भएर अघि बढ्न सबैलाई आह्वानसमेत गरे ।

‘विपक्षीको आलोचनाले पार्टीलाई सुधार गर्न सहयोग पुग्छ’

'विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै छ'

विपद्को समयमा नागरिकको जीवन रक्षाका लागि तयार भएर बस्नुस्ः गृहमन्त्री लेखक

काङ्ग्रेसभित्र एकता अपरिहार्य छ : प्रवक्ता महत

राप्रपा नेपालले भातृ संगठनको रुपमा बनायो राष्ट्रिय लघुवित्त संगठन

डोटीका गाउँ बस्तीमा कांग्रेस नेता विष्ट

पुर्व तयारी र सुचना प्रवाहमा कुनै कमी नहोस्: उर्जा मन्त्री

प्रतिक्रिया