पानीजहाज विधेयकसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस

काठमाडौँ– राष्ट्रियसभाको बुधबारको बैठकमा ‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ पेस भएको छ। विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले प्रतिवेदन पेस गरेकी हुन्।
बैठकमा राष्ट्रियसभा सचिव डा. सुरेन्द्र अर्यालले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गरे। राष्ट्रियसभामा उत्पत्ति भएको यो विधेयक माथिल्लो सभाबाट विसं २०८० माघ २९ गते पारित भएको थियो। विधेयक प्रतिनिधिसभाबाट यही जेठ ४ गते पारित भएको हो।
बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराएका थिए।

‘विपक्षीको आलोचनाले पार्टीलाई सुधार गर्न सहयोग पुग्छ’

'विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै छ'

विपद्को समयमा नागरिकको जीवन रक्षाका लागि तयार भएर बस्नुस्ः गृहमन्त्री लेखक

काङ्ग्रेसभित्र एकता अपरिहार्य छ : प्रवक्ता महत

राप्रपा नेपालले भातृ संगठनको रुपमा बनायो राष्ट्रिय लघुवित्त संगठन

डोटीका गाउँ बस्तीमा कांग्रेस नेता विष्ट

पुर्व तयारी र सुचना प्रवाहमा कुनै कमी नहोस्: उर्जा मन्त्री

प्रतिक्रिया