सत्तीघाटमा पुल नबन्दा सर्वसाधारण सास्ती खेप्दै

भोजपुर–संखुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल बन्न नसक्दा सर्वसाधारणहरू सास्ती भोग्न बाध्य भएका छन् ।
उत्तरी क्षेत्रबाट अन्य जिल्ला प्रवेश गर्ने मुख्य नाकाका रुपमा रहेको सतिघाटमा पक्की पुल नहुँदा सर्वसाधारणहरु सास्ती भोग्न बाध्य भएका हुन् । भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग सिधा जोड्ने भोजपुरको षडानन्द नगरपालिका वडा नं ६ र खाँदबारी नगरपालिका वडा नं ९ सतिघाटस्थित अरुण नदीमा पक्की पुल नहुदा वैकल्पिक उपायको रुपमा फेरी सञ्चालन गरिएपनि हावाहुरी तथा पानीको बहाव बढेसँगै फेरी बन्द हुने गरेको छ ।
अहिले पनि पानीको बहाव बढेपछि पूर्ण रुपमा फेरी बन्द भएको छ । जसका कारण झोलुङ्गे पुलबाट नै आवतजावतसँगै पिँठ्यूमा बोकेर सामान ओसार्नुपर्ने बाध्यात्मक अवस्था रहेको भोजपुर षडानन्द नगरपालिका–४ स्थित सारदा आधारभूत विद्यालयका प्रधानाध्यापक मधुसुदन भट्टराईले बताए ।
सो क्षेत्रबाट चूनाव जितेर पटक पटक राजनीतिक दलका नेता सत्तामा पुगेपनि सतिघाटमा पक्की पुल निर्माणमा चासो नदेखाउदा आफुहरु समस्यामा परेको उनले बताए ।
फेरी बन्द हुँदा सवारी साधनहरु नदीको किनारमा नै रोकिने गरेको छ । सतिघाटमा पक्की पुल निर्माणको लागि राज्यले ध्यान दिन नसकेको भोजपुरबासी कल्पना बस्नेतले बताउनुभयो । उहाले पुल नहुदा बोकेर सामान ओसार पसार गर्नुपर्दा महङ्गी बढेको र भनेको समयमा पनि पुग्न नसकिएको गुनासो गरे।
अरुण नदीमा पुल नहुँदा सामानओसारका लागि भरियाको भर पर्नुपरेको छ । भरियाले प्रतिकिलो डेड रुपैयाका दरले भारी बोक्दै आएका छन् । फेरीले केहि समय नदी तर्ने समस्या समाधान गरेपनि स्थायी समस्याको समाधान लागि पक्की पुल बन्नुपर्ने स्थानीयहरुको माग छ । स्थानीय सरकारले पक्की पुल निर्माणको लागि पहल गरेपनि बन्न भने नसकेको जनाएको छ ।

पाँचपोखरी सामुदायिक वनमा हात्ती मृत अवस्थामा फेला
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर

चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते

यस्तो छ आज तपाईंको भाग्य
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला

प्रतिक्रिया