मुडा प्रहार गरी श्रीमानको हत्या अभियोगमा श्रीमती पक्राउ

दैलेख : मुडा प्रहार गरी श्रीमानको हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । ३५ वर्षीय श्रीमान खगेन्द्र मल्लको हत्या गरेको अभियोगमा नारायण नगरपालिका-११ टाटामकु डाँडा टोल बस्ने उनकै श्रीमती ३२ वर्षीया सुसिला मल्ललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
सुसिलाले बिहीबार राति किला ठोक्ने मुडाले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका खगेन्द्रको जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दैलेख र अस्थाई प्रहरी पोष्ट लोहोरेबाट खटिएको प्रहरीले सुसिलालाई पक्राउ गरेको प्रहीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्हरीको भनाइ छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया