विपद्को समयमा नागरिकको जीवन रक्षाका लागि तयार भएर बस्नुस्ः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले विपद्को समयमा नागरिकको जीवन रक्षाका लागि सशस्त्र प्रहरी बलले निष्ठापूर्वक काम गर्नुपर्ने बताउनुभएको छ । सशस्त्र प्रहरी बलको कुरिनटार विपद् व्यवस्थापन तालिम शिक्षालयको तालिम समापन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले विपदका समयमा आम नागरिकको जिउ, जीवन र धन रक्षाका लागि सशस्त्र प्रहरी बल सधैं अग्रगतिमा रहनुपर्ने बताउनुभएको हो । उहाँले तराई, मधेस, पहाड, हिमाल जुनसुकै ठाउँमा पर्ने विपद्को समयका लागि तयार भएर बस्न निर्देशन समेत दिनुभयो ।
मन्त्री लेखकले विपदका समयमा नागरिकको जीवन रक्षाका लागि हुँदै आएको कामको प्रशंसा गर्दै विपद्मा परेका नागरिकको जीवन रक्षाका लागि निष्ठापूर्वक काम गर्न आग्रह गर्नुभयो । उहाँले संघ, प्रदेश र स्थानीय तहका सरकार आपसमा मिलेर विदको जोखिम न्यूनिकरण गर्दै जनधनको सुरक्षा गर्नु वर्तमानको आवश्यकता भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘शसस्त्र प्रहरी बल नेपालले विपद जोखिम न्युनिकरण, विपदमा परेका मानिसको खोज उद्दार, राहतलगायतका कार्य गर्ने विषयमा जुन विज्ञता हासिल गरिरहेको छ यसको प्रशंसा गर्न चाहन्छु । कुरिनटारस्थित विपद जोखिमका बारेमा शिक्षित गर्ने, दीक्षित गर्ने शिक्षालयले विभिन्न प्रशिक्षार्थीलाई शिक्षित गरेर आम नागरिकको जीउ, जीवन र धन रक्षाका लागि जुन कला सिकाएको छ त्यसको लागि शिक्षालय धन्यवाद दिन चाहन्छु । यसमा संलग्न सम्पूर्ण अधिकारीहरु, प्रशिक्षकहरु र प्रदेश सरकार जसले यसमा सहयोग गरेको छ । स्थानीय सरकार र जनप्रतिनिधिहरुलाई धन्यवाद दिन चाहन्छु । बाढीको समयमा डुवानका क्षेत्रमा जसरी सशस्त्र प्रहरी बल नेपालका जवानहरुले कुशलतापूर्वक मानिसको जीवन रक्षा गर्छन् त्यसका लागि हासिल गर्नुभएको सीप राष्ट्रका लागि समर्पित भएर नागरिकको जीवन रक्षाका लागि सधैं यसैगरी निष्ठापूर्वक काम गर्न आग्रह गर्दछु । विपदका समयमा नागरिकको जीवन रक्षाका लागि गर्नुभएको कामको प्रशंसा गर्दै धन्यवाद दिन चाहन्छु । तराई, मधेस, पहाड, हिमाल जुनसुकै ठाउँमा पर्ने विपदका लागि तपाईहरु तयार भएर बस्नुपर्छ । जुनसुकै समयमा आउने विपदका बेला हरदम तयार भएर बस्नु जरुरी छ । र, संघ, प्रदेश र स्थानीय तहका सरकार आपसमा मिलेर विपदको जोखिम न्युनिकरण गर्ने र जोखिमपछिका प्रतिकार्य गर्दै नागरिकको जनधनको सुरक्षा गर्नु अहिलेको आवश्यकता हो ।’
उहाँले तालिममा हासिल भएका सीप राष्ट्रका लागि समर्पित गर्दै नागरिकको जीवन रक्षाका लागि निष्ठापूर्वक काम गर्न आग्रह गर्नुभयो । —न्युज एजेन्सी नेपाल

‘विपक्षीको आलोचनाले पार्टीलाई सुधार गर्न सहयोग पुग्छ’

'विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै छ'

काङ्ग्रेसभित्र एकता अपरिहार्य छ : प्रवक्ता महत

राप्रपा नेपालले भातृ संगठनको रुपमा बनायो राष्ट्रिय लघुवित्त संगठन

डोटीका गाउँ बस्तीमा कांग्रेस नेता विष्ट

पुर्व तयारी र सुचना प्रवाहमा कुनै कमी नहोस्: उर्जा मन्त्री

‘रैथाने बालीलाई नै प्रयोगमा ल्याउनुपर्ने आवश्यकता छ’

प्रतिक्रिया