बुधबार १८ असार, २०८२
Wednesday, July 02, 2025

संसदीय समितिमा बिनियोजन विधेयकमाथि छलफल हुने

काठमाडौँ- संघीय संसदका दुई समितिको बैठक बस्दैछ ।

संघीय संसद सचिवालय सिंहदरबार परिसरमा उक्त बैठक बस्नेछन् ।

जसअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११:३० बाट सुरू हुनेछ, जुन बैठकमा विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता पूर्व बजेटका सम्बन्धमा छलफल गरिनेछ ।

उता, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा विपद व्यवस्थापन (विपद जोखिम न्यूनीकरण, विपद प्रतिकार्य र विपद् पुनर्लाभ) सम्बन्धमा भएका काम कारबाही, विपद जोखिम न्यूनीकरणको लागि तयारी तथा भावी कार्ययोजना सम्बन्धमा छलफल हुँदैछ । जुन बैठक बिहान ११:०० बजेबाट सुरू हुनेछ ।