टि ट्वान्टी ग्लोबल छनोट पार गर्ने हामीसँग क्षमता छ : प्रशिक्षक कटुवाल

काठमाडौँ- नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले आइसिसी महिला टि ट्वान्टी ग्लोवल छनोटबाट नेपालले सफलता पाउनसक्ने विश्वास व्यक्त गरेका छन् ।
थाइल्याण्डमा सम्पन्न आइसिसी महिला टि ट्वान्टी विश्वकप एशिया छनोटको शीर्ष दुई स्थानमा रहँदै नेपाली टोलीले सोमवार विश्वकपको अन्तिम छनोटमा स्थान बनाएको थियो । बुधबार साँझ स्वदेश फर्कने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोलीका प्रशिक्षक कटुवालले ग्लोवल छनोटमा शीर्ष चार टोली बन्दै विश्वकपमा यात्रा गर्न आफ्नो टोली सक्षम रहेको प्रतिक्रिया दिएका हुन् ।
ग्लोवल छनोटमा पूर्ण सदस्य राष्ट्र बङ्गलादेश र स्कटल्याण्डसहित एशिया, युरोप र अफ्रिकाबाट समान दुई, इस्ट एशिया र अमेरिकाबाट समान एक गरी कुल १० राष्ट्रले विश्वकपमा स्थान बनाउन प्रतिष्पर्धा गर्नेछन् । यहाँबाट चार राष्ट्रले विश्वकपको यात्रा तय गर्नेछन् ।
यद्यपि हालसम्म उक्त छनोटको मिति भने तोकिएको छैन । नेपालका प्रशिक्षक कटुवालले उक्त छनोट प्रतियोगिताका लागि पर्याप्त समय रहेको उल्लेख गर्दै राम्रो तयारी गर्दै खेल्ने हो भने आफ्नो टोलीमा क्षमता रहेको धारणा राखे ।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले विश्वकप छनोटको तयारी गर्न निश्चित योजना ल्याउन भनिसकेको प्रशिक्षक कटुवालले उल्लेख गरे । बलिया राष्ट्रसँग नियमित श्रृंखला खेल्दै राम्रो योजना बनाएर तयारी गर्नसके विश्वकपको अन्तिम छनोट आफ्नो टोलीले पार गर्ने उनको विश्वास छ । पछिल्ला समय लगातार अनुभवी टोलीसँग अभ्यास खेलिरहँदा तयारी पनि राम्रो भएकाले यो सफलता पाएको उनी बताउँछन् ।
प्रशिक्षक कटुवालले नेपाली टोलीमा ससाना गरी धेरै परिवर्तन आएको र खेलाडी पनि पूर्णरूपमा व्यावसायिक खेलाडी बनिरहेकाले यो टोलीबाट धेरै आशा गर्नसक्ने उल्लेख गरे । नेपालकी कप्तान इन्दु बर्माले पनि थाइल्याण्डको छनोटकै लागि भैरहवा र दिल्लीमा क्याम्पले धेरै मद्दत मिलेको बताइन् ।
झन्डै दुई दशकदेखि नेपाली महिला क्रिकेट टोली ठूलो सफलताको खोजीमा रहेको उनले उल्लेख गर्दै यसपल्ट सफलता मिलेको बताइन् । पूर्वकप्तान रुविना क्षेत्रीले लगातार क्रिकेट समर्थकको आलोचनाले पनि अझै राम्रो गर्नपर्छ भन्ने आफूहरूलाई थप प्रोत्साहन मिलेको धारणा राखिन् । नेपाली टोलीलाई क्यानका सचिव पारस खड्का र प्रवक्ता छुम्बी लामाले स्वागत गरेका थिए ।

जुडो टोली बङ्गलादेश प्रस्थान

आईपीएल २०२५ : पावर प्लेमा सबैभन्दा बढी छक्का हान्ने यी हुन पाँच क्रिकेटर

प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि

‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
नेपाल बंगलादेशसँग पराजित, सेमि फाइनलबाट बाहिरियाे

नेपाल ६ बिकेटले बिजयी, बहराइन समूह चरणवाटै बाहिरियो

सन्दीप लामिछानेको क्यान कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

प्रतिक्रिया