युनाइटेड सिमेन्ट्सको निःशुल्क सिलाई–कटाई तालिम सम्पन्न

केएल दुगड समूहअन्तर्गत सञ्चालित युनाइटेड सिमेन्ट्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत महिलाहरूलाई लक्षित गर्दै सञ्चालित निःशुल्क सिलाई–कटाई तालिम कार्यक्रम सम्पन्न गरेको छ। धुनिवेशी नगरपालिका वडा नं. ९ जुगेडीस्थित तालिम केन्द्रमा तीन महिने आधारभूत र दुई महिने एडभान्स् सिलाई कटाई तालिम समापन गर्दै प्रमाणपत्र वितरण गरिएको हो। तालिम २०८१ मंसिर देखि २०८२ वैशाख २२ सम्म संचालन भएको थियो ।
धुनिवेशी नगरपालिका वडा नं. ९ को सहकार्यमा सञ्चालित उक्त तालिममा ४२ जना स्थानीय महिलाले सहभागीता जनाएका थिए। कार्यक्रमको उद्देश्य महिलाहरूलाई सीप सम्पन्न बनाई उनीहरूको आत्मनिर्भरता र आर्थिक सशक्तिकरणमा सहयोग पुर्याउनु रहेको बताइएको छ।
कार्यक्रमको उद्घाटन युनाइटेड सिमेन्ट्स लिमिटेडका महाप्रबन्धक हरिकुमार उप्रेतीले गरेका थिए। उनले कम्पनीले व्यावसायिक लाभ मात्र होइन, समाजप्रति पनि आफ्नो दायित्व निर्वाह गर्दै आएको उल्लेख गर्दै, सीपमूलक तालिमले महिलाहरूको आत्मविश्वास वृद्धि गर्नुका साथै उनीहरूलाई आय–आर्जनको बाटोमा उभ्याउने बताए।
तालिम समापन कार्यक्रमका सभापति तथा वडा नं. ९ का वडाध्यक्ष माधवप्रसाद सिलवालले तालिमको सफलतामा सन्तोष व्यक्त गर्दै महिलाको जीवनस्तर उकास्न यस्ता कार्यक्रमहरू थप आवश्यक रहेको धारणा राखे। उनले युनाइटेड सिमेन्ट्सलाई यस्तो सकारात्मक सहकार्यका लागि धन्यवाद पनि दिए।
प्रमुख अतिथि धुनिवेशी नगरपालिकाका नगर प्रमुख बालकृष्ण आचार्यको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
युनाइटेड सिमेन्ट्स लिमिटेडले शिक्षा, स्वास्थ्य र सामाजिक सेवा क्षेत्रमा निरन्तर सक्रिय रहने प्रतिबद्धता दोहोर्याएको छ।

भरतपुर विमानस्थलमा ठूला जहाज उडान गर्ने प्रयास

सिमलेस दुबई २०२५ मा नेपाल पविलियनको उद्घाटन- नेपाली फिन्टेकको ऐतिहासिक सुर…

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा चेत प्रसाद उप्रेती नियुक्त

पर्यटन प्रवर्द्धन गर्न लाङटाङ ट्रेल रन हुने

बिर्तामोडमा ’बजाज ग्रान्ड एक्सचेन्ज मेला’

रुपन्देहीमा ‘एक घर, एक स्काउट’

विद्युतीय खरिदसम्बन्धी आधारभूत तालिम

प्रतिक्रिया