'कर्मचारीमा काम गर्ने मनसाय कम देखियो’

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेशका कर्मचारीमा काम गर्ने मनसाय कम देखिएको बताएका छन् ।
अर्थ मन्त्रालयको आयोजनामा आज जनकपुरधाममा राखिएको विनियोजन विधेयक २०८२ का लागि मस्यौदाको सुझाव संकलन कार्यक्रममा मुख्यमन्त्री सिंहले पछिल्लो समयमा प्रदेशका हरेक मन्त्रालयमा कार्यरत कर्मचारी काम गर्ने मनसायमा कमै देखिएको बताए ।
केही महिनाअघि तामझामका साथ श्री एयरलाइन्सले परीक्षण गरेर ८० सिटे जहाज उडान सुरु गरेको थियो। तर, अहिले बन्द भएको छ। सन् २००५ बाट नियमित उडान गर्दै आएको बुद्ध एयरले ठूलो जहाज उडानको प्रयास सुरु गरेको हो। हाल ४७ सिटको एटिआर–४२ बाट उडान भर्दै आएको बुद्ध एयरले आज ७२ सिट क्षमताको एटिआर–७२ बाट परीक्षण उडान गरेको छ।
भरतपुर विमानस्थलको धावनमार्गको लम्बाई एक हजार २०० मिटर छ। एटिआर ७२ जहाजलाई सहज उडान र अवतरणका लागि कम्तीमा एक हजार ५०० मिटर धावनमार्ग आवश्यक पर्छ।
एटिआर–७२ जहाजको अवतरणपछि क्याप्टेन प्रमोद थापाले सहज रुपमा उडान र अवतरण गर्न सकिएको बताए। जहाजमा सँगै रहेका नागरिक उड्डयन प्राधिकरणका प्राविधिकको निर्देशनअनुसार आफूहरुले जहाज उडान र अवतरण गरेको प्रतिक्रिया उनले दिए।
सोही अवसरमा नेपाल नागरिक उड्डयन प्राधिकरणको उपमहानिर्देशक देवचन्द्रलाल कर्णले आजको परीक्षण उडानको सम्पूर्ण विवरण अध्ययन गरी निर्णयमा पुगिने बताए। सम्भावना रहेमा दुई महिनाभित्रमा नियमित उडान गर्न सकिने उनको भनाइ छ।
बुद्धएयर भरतपुरका स्टेशन म्यानेजर भक्त बस्नेतका अनुसार हाल दैनिक सात उडान काठमाडौँ–भरतपुर र एउटा भरतपुर–पोखरा एटिआर–४२ बाट उडान हुँदै आएको छ।
धावनमार्गसँगै रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्र स्थानान्तरण गरेर विमानस्थल विस्तार गर्ने योजना धेरै अघिदेखि गरिए पनि सार्थकता पाउन सकेको छैन।

सुदूरपश्चिम प्रदेश सरकारले भूमिसम्बन्धी नीति ल्याउने

लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन सुरू

मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

दिक्तेलमा पुसको दोस्रो सातादेखि रेड पाण्डा महोत्सव हुँदै, सगरमाथा संवादमा र…

सुशासन कायम गर्ने मुख्यमन्त्री शाहको प्रतिबद्धता

कोशी प्रदेशमा ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

मधेस बालिका सम्मेलन–२०८२ सुरु

प्रतिक्रिया