बाढीका कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

अदानचुली (हुम्ला)- यहाँको नाम्खा गाउँपालिका–६ लिमीको तिलगाउँमा आएको बाढीपहिराका कारण पत्ता लगाउन सरकारी विज्ञ टोली आज आइपुगेका छन् । बाढीपहिरोको एक हप्तापछि उनीहरु सदरमुकाम सिमकोटबाट तिलगाउँ प्रस्थान गरेका हुन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इञ्जिनियर सुशीलकुमार श्रेष्ठ नेतृत्वको तीन सदस्यीय टोली घटनास्थलतर्फ प्रस्थान गरेका हुन् ।
टोलीमा जल तथा मौसम विज्ञान विभागका ‘हाइड्रोलोजिस्ट’ इञ्जिनियर सौहार्द जोशी र खानी तथा भू–गर्भ विभागका सिनियर डिभिजनल ‘जिओलोजिस्ट’ शिवकुमार बास्कोटा छन् । खराब मौसमका कारण विज्ञहरुको टोली आउन केही दिन ढिला भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो ।
यही जेठ १ गते राति बाढी आउँदा हुम्लाको नाम्खा गाउँपालिका–६ को तिलगाउँमा क्षति पुगेको थियो । बाढीपहिरो प्रभावित अहिले पनि त्रिपाल टाँगेर बसेका छन् । करिब पाँच हजार ३०० मिटरमाथिका दुई वटा हिमपोखरीबाट बगेको पानीले बाढीको रुप धारण गरेको प्रारम्भिक अनुमान छ ।
स्थानीय आफैँ पोखरीसम्म पुगेर बाढी आउनुका कारण पत्ता लगाएका थिए । तर पोखरीको पानी कसरी बाहिर निस्कियो भन्ने वैज्ञानिक रुपमा पुष्टि हुन बाँकी छ । काठमाडौँबाट आएको विज्ञको टोलीले वैज्ञानिक कारण पत्ता लगाउने अपेक्षा गरिएको छ ।
एक सातापछि प्रदेश सरकारको राहत सामग्री
हिमपहिराबाट विस्थापितलाई कर्णाली प्रदेश सरकारले एक सातापछि राहत सामग्री पठाएको छ । आज प्रदेश सरकारले राहत सामग्री पठाएको हो । दुई वटा ताल फुटेर हिमपहिरो जाँदा तिलगाउँका २१ परिवारका ३३ जना विस्थापित भएका हुन् । हिमपहिराका कारण मानवीय क्षति नभए पनि ठूलो भौतिक क्षति भएको छ ।
प्रदेश सरकारले आज पाँच सेट टेन्ट (अस्थायी घर) २० क्विन्टल खाद्यान्न, १८ सेट सोलार र म्याट्रेससेटलगायत राहत सामग्री पठाएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिनुभयो । हिमपहिराले तिलखोला लघुजलविद्युत् आयोजनादेखि खेत, कुलो, खानेपानी, धर्मशालामा ठूलो क्षति पुगेको छ ।
रेडक्रस सोसाइटीले पनि आज राहत पु¥याएको छ । सोसाइटीको हुम्ला शाखाले प्रत्येक विस्थापित परिवारलाई एक÷एक थान त्रिपाल, एक/एक थान कम्बल र एक/एक थान म्याट्रेस पु¥याएर वितरण गरिएको शाखाका अध्यक्ष गणेश महतले बताउनुभयो । आधार विकास नेपाल नामक संस्थाले अन्य खाद्यान्न, औषधिलगायत सहयोग गरेको छ ।

हरवाचरवाको समस्या समाधान गर्न माग

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न मानव अधिकार आयोगको आग्रह

‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ’

हिमालयन औराद्वारा नि:शुल्क कम्प्युटर तालिम सञ्चालन

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ
_yFS9VmwIaK_ugpl6hbg1qpbcnoeyvguy1cpo6svlz8xjuw2ywuipfufmgxc5kfmd6oddkps_AIiwgb19MB_rgyy1zaemxtyo6utugqnvixweklmombssbv5hlurbupbkalleopmxgudkffo.jpeg)
टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ को क्लब ग्रोथको तीन दिने सम्मेलन सम्पन्न

कर्तव्य ज्यान घटनाका फरार प्रतिवादी हरिराम यादव पक्राउ

प्रतिक्रिया