हरवाचरवाको समस्या समाधान गर्न माग

जनकपुरधाम- मुक्त हरवाचरवा अधिकार मञ्च सप्तरीले मुक्त हरवाचरवाको समस्या समाधान गर्न सरकारसँग माग गरेको छ । सरकारले हरवाचरवा मुक्ति घोषणा गरे पनि हालसम्म पुनःस्थापनाको कुनै ठोस योजना तथा कार्यक्रम नल्याएको मञ्चले जनाएको छ ।
जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा मञ्चले हरवाचरवामाथिको अनुचित ऋण तथा आर्थिक लेनदेन खारेजीसहित हरवाचरवा मुक्तिको सरकारले घोषणा गरेपनि व्यावहारिक तथा कानुनी रुपमा लागू नभएको मञ्चका केन्द्रीय अध्यक्ष दर्शनलाल मण्डलले बताए । “सरकारले पुनःस्थापनाका लागि कुनै कार्य गरेको छैन, हरवाचरवाको समस्या जस्ताको त्यस्तै छन्”,उनले भने।
हरवाचरवाका समस्या समाधान गर्न सङ्घीय, प्रदेश र स्थानीय सरकारसँग पटकपटक लिखित तथा मौखिक रुपमा माग राख्दैआए पनि सुनुवाइ नभएको अध्यक्ष मण्डलले गुनासो गरे । मञ्चले यही जेठ ७ गते मधेस प्रदेशका मुख्यमन्त्री तथा विभिन्न समयमा मधेस प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका पालिका प्रमुखहरुलाई आफ्नो योजना, नीति तथा कार्यक्रममा हरवाचरवाका माग सम्बोधन गर्न सुझावसहित ज्ञापनपत्र बुझाएको थियो ।
हरवाचरवाको पुनःस्थापनाका लागि सीपमूलक तालिम, निःशुल्क शिक्षा, रोजगारीका लागि तालिम, तालिमपछि रोजगारी, शिक्षामा विशेष व्यवस्था, हरवाचरवा वस्तीमा खानेपानी, पक्की सडक, टेलिफोन, विद्यालय, स्वास्थ्य चौकी, निजी तथा सार्वजनिक शौचालय, नागरिकता, राष्ट्रिय परिचयपत्रलगायतको व्यवस्था गर्नुपर्नेलगायत मञ्चले माग गरेको छ ।
–––

बाढीका कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न मानव अधिकार आयोगको आग्रह

‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ’

हिमालयन औराद्वारा नि:शुल्क कम्प्युटर तालिम सञ्चालन

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ
_yFS9VmwIaK_ugpl6hbg1qpbcnoeyvguy1cpo6svlz8xjuw2ywuipfufmgxc5kfmd6oddkps_apFrUAfbq4_8cnbatggna7xq4tr7vmzu9xsbvdzr1xswqkviaftggngybrqcmtehmog79zb.jpeg)
टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ को क्लब ग्रोथको तीन दिने सम्मेलन सम्पन्न

कर्तव्य ज्यान घटनाका फरार प्रतिवादी हरिराम यादव पक्राउ

प्रतिक्रिया