चीनमा पहिरोमा परी चार जनाको मृत्यु

बेइजिङ- चीनको दक्षिणपश्चिम गुइझोउ प्रान्तमा बिहीबार गएको पहिरोमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ भने २१ जना अझै फसेका छन् ।
“दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तमा बिहीबार गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ भने २१ जना अझै फसेका छन्,” प्रान्तीय प्रशासनलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
दाफाङ काउन्टीको छुट्टाछुट्टै स्थानमा स्थानीय समयअनुसार बुधबार बिहान ३ः०० बजे र बिहान ९ः०० बजे पहिरो खसेको सरकारी प्रसारक सिसिटिभीले जनाएको छ ।
सिन्ह्वाका अनुसार दाफाङ काउन्टीको बिजी शहरअन्तर्गत चाङ्सी र गुओवा बस्तीमा एकै दिन दुई छुट्टाछुट्टै पहिरो जाँदा क्रमशः दुई र १९ जना फसेका छन् ।
प्रसारणकर्ताले खिचेको हवाई फुटेजमा घना जंगल भएको पहाडको फेदमा खैरो माटोले डुबेको एउटा गाउँलाई घाँसे मैदानले ढाकेको दखिन्छ।
गुइझोउले भौगर्भिक प्रकोपका लागि दोस्रो तहको आपतकालीन प्रतिक्रिया सक्रिय बनाएको छ भने चीनको प्राकृतिक स्रोत मन्त्रालयले उद्धारका लागि त्यस क्षेत्रमा एक टोली पठाएको छ ।
आपतकालीन व्यवस्थापन मन्त्रालयले उद्धार टोलीलाई हराइरहेका व्यक्तिहरूको उद्धारका लागि ‘हरसम्भव प्रयास’ गर्न आग्रह गरेको छ।
यद्यपि, घटनास्थल दुर्गम क्षेत्र (अग्लो र भिरालो स्थान) भएकोले उद्धार कार्य ‘कठिन’ भइरहेको बताइएको छ । (एएफपी)

ट्रम्प प्रशासनको निर्णय : हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको प्रवेशमा प्रत…

चीन र फ्रान्सका कम्पनीबीच निष्पक्ष प्रतिस्पर्धा हुनुपर्छ : राष्ट्रपति म्याक्रोँ

म्यान्मामा ‘कू’विरोधी लडाकुको आक्रमणमा पूर्वजनरलको मृत्यु

गाजामा ९० ट्रकमा सहायता ट्रक पठाइयो : राष्ट्रससंघ
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो

दक्षिण कोरियाः एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार

अमेरिकामा धार्मिक लगानीमा सार्वजनिक विद्यालय निर्माण गर्न रोक

प्रतिक्रिया