सवारी दुर्घटनामा तिमिल्सिनाको मृत्यु

भरतपुर (चितवन)- खैरहनी नगरपालिका–२ ज्यामिरे चोकस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार उदयपुरबाट काठमाडौँतर्फ गइरहेको बस र चितवन आइरहेको विद्युतीय कार ठोक्किँदा कारका चालक खैहरनी नगरपालिका–८ का ४२ वर्षीय प्रदीप तिमिल्सिनाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका तिमिल्सिनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

१०७४ किलो गाँजासहित चार जना पक्राउ

निः शुल्क वितरण गरिएका बिरुवाको अनुगमन गर्दै वन कार्यालय

ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

जुगलमा नमुना युवा गाउँसभा

बजेटका सम्बन्धमा भएका गलत प्रचारप्रसारप्रति आर्थिक मामिला मन्त्रालयको ध्यानाकर्षण

बाढी घरमा पस्दा बलामी बेपत्ता

फेरिएको लोपोन्मुख वनकरियाको जीवनशैली

प्रतिक्रिया