चीन र फ्रान्सका कम्पनीबीच निष्पक्ष प्रतिस्पर्धा हुनुपर्छ : राष्ट्रपति म्याक्रोँ

पेरिस- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई दुवै देशका कम्पनीले निष्पक्ष प्रतिस्पर्धाको आनन्द उठाउनुपर्ने बताएका छन् ।
“फ्रान्समा चिनियाँ लगानी स्वागतयोग्य छ तर हाम्रा कम्पनीहरूले दुवै देशमा निष्पक्ष प्रतिस्पर्धाको आनन्द लिनुपर्छ,” म्याक्रोँले सीसँगको वार्तापछि एक्समा लेखेका छन् ।
म्याक्रोँले भने, “हामी हाम्रा उत्पादकहरूका लागि आवश्यक कोग्नेक (अङ्गरको रसबाट तयार गरिएको मदीराजन्य पदार्थ)को विषयमा जतिसक्दो चाँडो अगाडि बढ्न सहमत भएका छौँ ।”
युरोपेली सङ्घ र चीनबीचको व्यापार तनावका बीच म्याक्रोँ र सीबीच फोनमा कुराकानी भएको थियो ।
युरोपेली सङ्घले अनुचित प्रतिस्पर्धाको दाबी गर्दै चिनियाँ विद्युतीय सवारी साधनमा ३५.३ प्रतिशतसम्म कर लगाएपछि गत अक्टोबरदेखि चीनमा ब्रान्डीको युरोपेली निर्यातमा थप कर लगाइएको छ ।
चीन फ्रान्सेली कोग्नेकको लागि एक प्रमुख बजार हो । चीनमा प्रति वर्ष एक अर्ब ४० करोड यूरो (एक अर्ब ६० करोड अर्ब डलर) को निर्यात हुन्छ । आयातमा अत्यधिक कर लगाउने पछिल्लो निर्णयले कोग्नेक उद्योगलाई प्रति महिना पाँच करोड यूरो बराबरको थप भार बढेको छ ।
चिनियाँ सरकारी अनुदानले युरोपेली कार निर्माताकम्पनीहरूलाई कमजोर बनाएको अनुसन्धानपछि युरोपेली सङ्घ (ईयू) ले चिनियाँ निर्मित विद्युतीय कारहरूमा भारी कर लगाएको छ।
चीनका उपप्रधानमन्त्री हे लिफेङले गत साता गरेको फ्रान्स भ्रमणका क्रममा ‘अझ निष्पक्ष, न्यायोचित र पूर्वानुमानयोग्य व्यापारिक वातावरण’ का लागि आह्वान गरेका थिए । (एएफपी)

शीर्ष गणित प्रतियोगितामा मानिसबाट एआई पराजित

हरेक वर्षको गर्मीमा हराउँछन् चिनियाँ राष्ट्रपति सी, यस्तो छ रहस्य

रूस र युक्रेनबीच टर्कीमा आज तेस्रो चरणको वार्ता हुँदै

पाकिस्तानमा मनसुन प्रकोप: जनजीवन अस्तव्यस्त, सयौं प्रभावित

गाजामा भएको इजरायली आक्रमणमा १५ जनाको मृत्यु
चीनमा रोजगारीको अवस्था सुदृढ, आर्थिक वृद्धि दर सकारात्मक

अमेरिका युनेस्कोबाट बाहिरियो, इजरायलविरुद्ध पक्षपात गरेको आरोप

प्रतिक्रिया