शुक्रबार ०९ जेठ, २०८२
Friday, May 23, 2025

एफसी बार्सिलोनाका प्रशिक्षक फ्लिक एक वर्षको सम्झौता बढाउन सहमति

काठमाडौँ- एफसी बार्सिलोनाले प्रशिक्षक हान्सी फ्लिकले क्लबसँगको आफ्नो सम्झौता जुन २०२७ को अन्त्यसम्म विस्तार गर्न सहमत हुनुभएको घोषणा गरेको छ ।

फ्लिकको मूल सम्झौता, जुन २०२६ मा समाप्त हुनेवाला थियो । बायर्न म्युनिख र जर्मन राष्ट्रिय टोलीका पूर्वप्रमुखले आफ्नो पहिलो सिजनको जिम्मेवारीमा बार्सालाई यस सिजनको ला लिगा उपाधि, कोपा डेल रे र स्पेनिस सुपरकपमा पुर्‍याएकोमा यो सम्झौता आएको हो ।

फ्लिकको एकमात्र निराशा च्याम्पियन्स लिगको सेमिफाइनलमा इन्टर मिलानसँग अतिरिक्त समय पछिको साँघुरो हार थियो । सिन्ह्वा