भिजिट भिसा प्रकरण: गृह मन्त्रालयले सरूवा गर्यो ९ कर्मचारी

काठमाडौँ- भिजिट भिसामा बदमासी गरेको उजुरी परेका ९ जना कर्मचारीलाई गृह मन्त्रालयले सरुवा गरेको छ । सहसचिव तीर्थराज भट्टराईसहित ९ जना कर्मचारीलाई सरुवा गरेको हो ।
प्रेमप्रसाद पौडेलको जिल्ला प्रशासन कार्यालय काठमाडौं, वीरभद्र जोशीको जिल्ला प्रशासन कार्यालय काठमाडौँ, तथा नरबहादुर थापाको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ भने सहायक कम्प्युटर अपरेटरका रुपमा कार्यरत कर्मचारीहरू कमला श्रेष्ठ, उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ र धनराज उपाध्यायको कारागार व्यवस्थापन विभाग वा अन्तर्गत हुनेगरी सरुवा गरिएको छ ।
अख्तियार अनुसन्धान दुरूपयोग आयोगले बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा छापा हान्दै भट्टराईलाई नियन्त्रणमा लिएको थियो । भट्टराईलाई नियन्त्रणमा लिएपछि भिजिट भिसामा दैनिक करिब ५० लाख रूपैयाँ घुस लिने गरेको तथ्य बाहिरिएको थियो ।

रारा ट्रेल रनको उपाधि बुढाले जिते

भिजिट भिषामा रोजगार बिभाग र मन्त्रालयको सरोकार हुन्न: महानिर्देशक भट्टराई

बैतडीमा लगातार भूकम्प

मिथुनलाई भाग्यले साथ दिने, वृश्चिकलाई कमजोरी सच्याउने मौका

हरवाचरवाको समस्या समाधान गर्न माग

बाढीका कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न मानव अधिकार आयोगको आग्रह

प्रतिक्रिया