जनविरोधी क्रियाकलापहरु नगर्न पूर्वराजा शाहलाई प्रधानमन्त्री ओलीको चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जनविरोधी क्रियाकलापहरु नगर्न चेतावनी दिनुभएको छ । कास्कीमा राष्ट्रिय युवा संघ नेपालको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँले राजतन्त्र फर्किने भ्रममा कोही पनि नपर्न आग्रह गर्नुभयो । उहाँले अहिलेका आन्दोलनहरु केही समयका लागि उचालिएका गतिविधि मात्रै भएको जिकिर गर्नुभयो । उहाँले पूर्वराजा शाह दरबार हत्याकाण्डपछि भवितव्यले राजा हुनुभएको बताउँदै पूर्वराजा शाहले गर्नुभएको कामहरु पनि देखेको बताउनु भयो ।
कुनै प्रकारका जनविरोधी क्रियाकलापहरुको चेष्ठा हुन्छ भने जनशक्तिले त्यस्ता चेष्टालाई धुलो चटाउने बताउनु भयो । उहाँले भन्नुभयो, ‘कुनै प्रकारका भ्रममा पर्नुपर्ने आवश्यकता छैन । यि ट्वार ट्वारहरु अलिक समयका ट्वार ट्वार टुर टुर हुन् । पछि आफैँ समाप्त हुन्छन् । हामीले पहिला पनि देखेका हौँ । अढाइ सय वर्षदेखि देखेका हौँ । अढाइ सय वर्षमा केके भए । म त्यतापट्टि जान चाहन्न । हामीले देखेका हौँ राजतन्त्र । त्यसबाहेक दरबार हत्याकाण्डपछि हामीले लखेटेकै पूर्वराजा भनिएका, भवितव्यले राजा भएका ज्ञानेन्द्र शाहले गरेको काम पनि देखेका छौँ । तीन वर्ष शासन हातमा पार्दा कानमा घुसेको कन्सुत्लो जस्तो उफ्रेको उफ्रै, चिथोरेको चिथोरै । कानमा कन्सुत्लो परेर चिथ¥यो भने कस्तो हुन्छ कान ? तर त्यस्तो पीडादायक समय जसले गर्दा जनता उठ्नप¥यो । खालि हातका जनता १९ दिन सडकमा उत्रिनुप¥यो । १९ दिनपछि हतियारधारी राजालाई घुँडा टेकाएको हो । फेरि पनि कुनै प्रकारका जनविरोधी क्रियाकलापहरुको चेष्ठा हुन्छ भने जनशक्तिले त्यस्ता चेष्टालाई धुलो चटाउनेछ । त्यस्ता चेष्टा नगर्न चेतावनी दिन चाहन्छु ।’
प्रधानमन्त्री ओलीले प्रतिगमन रोक्न र देशको रक्षा गर्न अग्रभागमा नेकपा एमाले रहने बताउनु भयो । —न्युज एजेन्सी नेपाल

आगलागीमा तीन लाख बढीको क्षति

देशका अधिकांश भागमा बदली हुने

शिक्षक दरबन्दी न्यून हुँदा पठनपाठनमा समस्या

रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

१० महिनामा दुर्घटना परेर ३४ जनाको ज्यान गयो

आजको मौसम : कतै पानी पर्ने, कतै तातो हावा चल्ने

विमानस्थल अध्यागमन कार्यालय प्रमुख भट्टराई अख्तियारको नियन्त्रणमा

प्रतिक्रिया