बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

चीनले नेपाललाई फेरि १६ लाख मात्रा खोप अनुदानमा दिने

काठमाडौँ : चीनले नेपाललाई फेरि कोभिड–१९ विरुद्धको १६ लाख मात्रा खोप अनुदानमा दिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आज शिष्टाचार भेट गर्दै नेपालका चिनियाँ राजदूत होऊ यान्छीले चिनियाँ सरकारको यो सन्देश दिएकी हुन् । 

चीनले यसअघि पनि ८ लाख र १० लाख गरी १८ लाख मात्रा खोप अनुदान दिइसकेको छ । त्यस्तै, सरकारले चीनसँग ४० लाख मात्रा खोप खरिद गरेको छ । चीनले अनुदानमा दिएको खोप १७ लाख मानिसलाई दुई डोज लगाउन पुग्ने खोप अनुदानमा उपलब्ध गराउने सुनिश्चित भएको छ ।