यूएईमा अत्यधिक गर्मी : मे महिनामा ५०.४ डिग्रीको नयाँ कीर्तिमान

दुबई- संयुक्त अरब इमिरेट्स (यूएई) ले शुक्रबार देशमा अहिलेसम्मकै मे महिनामा सबैभन्दा उच्च तापक्रम ५० दशमलव ४ डिग्री सेल्सियस मापन गरेको छ । यो तापक्रम सन् २००३ देखि रेकर्ड राख्न थालिएयता सबैभन्दा बढी हो भनी राष्ट्रिय मौसम केन्द्र (एनसीएम) ले जनाएको छ ।
आज देशको सबैभन्दा उच्च तापक्रम अबुधाबीको अल शावामेखमा अपराह्न २:३० बजे ५० दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको केन्द्रले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गरेको छ ।
यो मे महिनाको सबैभन्दा उच्च तापक्रम हो, जुन सन् २००३ देखि सुरु गरिएको रेकर्डमा पहिलो पटक देखिएको एनसीएमले जनाएको छ ।
यसअघि मे सन् २००९ मा मापन गरिएको ५० दशमलव २ डिग्री सेल्सियस तापक्रम नै मे महिनाको उच्च तापक्रम थियो ।
यूएई विश्वकै ठूला तेल निर्यातकर्ता मध्ये एक भए पनि उसले नवीकरणीय ऊर्जा क्षेत्रमा पनि ठूलो लगानी गरेको छ । (एएफपी)

फ्रान्सका राष्ट्रपति म्याक्रोँले मङ्गलबार बेलायती संसदलाई सम्बोधन गर्ने

पाकिस्तानमा भवन भत्किँदा ६ जनाको मृत्यु, १० जना भग्नावशेषमा फसेको आशंका

ईरानको निर्णयले आणविक स्थायित्वमा असर, विश्व समुदाय गम्भीर

अफगान नागरिकहरूलाई फिर्ता पठाउने जर्मन योजनाप्रति संयुक्त राष्ट्रसंघको चिन्ता

इन्डोनेसियामा डुङ्गा डुब्दा ४ जनाको मृत्यु, ३८ बेपत्ता

रुसको कुर्स्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु

प्रतिक्रिया