रघु गंगा गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु
म्याग्दी (बेनी- म्याग्दीको रघुगंगा गाउँपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण सुरु भएको छ । गाउँपालिकाको केन्द्र मौवा फाँटमा निःशुल्क रूपमा समुदायबाट जग्गा व्यवस्थापन भएपछि पालिकाको प्रशासकीय भवन निर्माण सुरु गरिएको हो । शुक्रबार धार्मिक विधि पूर्वक पूजा आजासहित गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले प्रशासकीय भवनको शिलान्यास गरेका छन् ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ माविनियोजन गरेको रु दुई करोड बजेटबाट प्रशासकीय भवन निर्माण सुरु गरेको हो । मातृभुमी डेभलपर एन्ड इन्जिनियरिङ प्रालिले रु एक करोड ३१ लाख ९८ हजारमा ठेक्का सम्झौता गरेर कार्य क्षेत्रमा परिचालन भएको छ ।
दुई वर्षमा भवन निर्माणकार्य सम्पन्न गर्ने लक्ष्यसहित भवनको शिलान्यास गरी निर्माणकार्य अघि बढाइएको गाउँपालिका अध्यक्ष भण्डारीले जानकारी दिए । उनकाअनुसार, रु नौ करोड ४० लाख ४४ हजार ९५० लागत अनुमान गरिएको भवन निर्माणको लागि थप बजेटका लागि गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारमा प्रस्ताब पेश गरिएको छ ।
गाउँपालिकाले ६ वर्ष अघिदेखि प्रशासकीय भवन निर्माणको लागि जग्गा व्यवस्थापनको काम सुरु गरेको थियो । “करोडौँ मूल्य पर्ने जग्गालाई समुदायबाट निःशुल्क उपलब्ध भएको छ, गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु हुनुमा जग्गाधनीको ठूलो योगदान छ, हामीले पालिकाको सेवालाई सरल र सहज बनाउन पालिकालाई पूर्वाधारयुक्त बनाउनका लागि भवन बनाउने गौरबको योजना अघि बढाएका हौँ,” गाउँपालिकाअध्यक्ष भण्डारीले भने ।
यसवर्ष भवनको जगबसालेर स्टक्चर र पहिलो तला ढलानको काम सम्पन्न हुने गाउँपालिकाका सिनियर सब इञ्जिनियर कमलबहादुर चोखालले बताए । तीन तलामा ३३ वटा कोठा र सभाहलसहितको सुविधा सम्पन्न भवन निर्माका लागि जग्गा सम्माएर जगबसाउने काम सुरु भएको उनले जानकारी दिए । निर्माण व्यवसायिले भवन निर्माणका लागि आवश्यक पर्ने निर्माण सामाजिक र उपकरणको बन्दोबस्तसँगै जनशक्ति कार्यक्षेत्रमा परिचालन गरेको जनाएको छ ।
रघुगंगा गाउँपालिकालाई समुदायबाट २७ जनाले १४ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । करोडौँ मुल्य पर्ने जग्गा गाउँपालिकाको भवनको लागि निःशुल्क उपलब्ध भएपछि दुई वर्षअघि गाउँपालिकाले निर्माण गरेको बहुउदेश्यीय भवनबाट सेवाप्रवाह गर्दै आएको छ । बहुउदेश्यीय भवनलाई कर्मचारी आवास गृहको रूपमा उपयोग गर्ने र सुविधा सम्पन्न भवन निर्माण गरेर नागरिकलाई सरल र सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले प्रशासकीय भवन निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए ।
गाउँपालिकाको भवन निर्माण प्रयोजनका लागि २७ जना जग्गा धनीको २५ रोपनी जग्गा एकीकरण गरी प्लटिङ गरीएको थियो । जग्गा व्यवस्थापनकार्य विधिअनुसार, करिब १४ रोपनी जग्गा गाउँपालिकाको नाममा पास गरिएको छ भने जग्गा धनीलाई छ रोपनी जग्गा घडेरीको रूपमा फिर्ता गरिएको छ । बाँकी जग्गालाई उपयोग गरी पालिकाको वरिपरी आठ मिटर फराकिलो सडकको चक्रपथ बनाइएको छ । रासस

गाउँ र सहर जोड्न ‘गाउँ पर्यटन मार्ट’

पर्यटक र पूर्वाधारका पर्खाइमा छहरे झरना
कृषिमा रैथाने सीप र प्रविधि बढाउन ‘आइपिएम’ कृषक पाठशाला’

उपमेयर क्षेत्रीको लोभलाग्दो काँक्राखेती
_58DJeFTbkf_15alebkhtyikazvft2zhbo4y2tdg84bwipikxfzyu2qpwn0qydlxs7cfqf8k_XUPwJSgidD_rtmvnq05sbsrml1zaoexny7s57dblumvdhkggv7ixocd7bbqnbrdmnlim8yj.jpg)
व्यास नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

गौरवको आयोजना ६ वर्षदेखि अलपत्र
बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि

प्रतिक्रिया