बिहारले बनायो २० वर्षमा वन क्षेत्र दोब्बर, विकास दर ११ प्रतिशत बढी

पटना- बिहारको हरियाली क्षेत्र विगत २० वर्षमा दुई गुणा बढेको छ।
सन् २००५ मा वन क्षेत्र ७.६५ प्रतिशत मात्र थियो तर सन् २०२४ मा बढेर १५.०५ प्रतिशत पुगेको छ ।
वातावरण, वन तथा जलवायु परिवर्तन विभागका मन्त्री डा सुनिल कुमारले एक कार्यक्रममा उक्त जानकारी दिएका हुन्। अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएका हुन ।
सो अवसरमा वातावरण मन्त्रीले सन् २०२८ सम्ममा बिहार राज्यको हरियाली क्षेत्र १७ प्रतिशत पुर्याउने सरकारको योजना रहेको र यसका लागि विभागीय तहमा तीव्र गतिमा पहल भइरहेको पनि बताए । उनका अनुसार सन् २००५ सम्म बिहार अन्धकारको बिहार भए पनि आजको बिहार देशको सबैभन्दा छिटो विकास हुने राज्यमा गनिएको जानकारी दिए ।
उनका अनुसार बिहारको विकास दर झन्डै १२ प्रतिशत रहेको र राष्ट्रिय वृद्धिदरभन्दा धेरै बढी रहेको पनि दावी गरेका छन । जैविक विविधतामा भएको तीव्र परिवर्तन वा त्यसमा हुने क्षतिको प्रत्यक्ष असर जलवायुमा परेको उनको भनाइ छ । जसका कारण जलवायु परिवर्तन, ग्लोबल वार्मिङ, जमिनको क्षयजस्ता धेरै नराम्रा असरहरु देखा परिरहेका छन् । सबै जनजाति र अनुसूचित जातिको गाउँ पहिचान गरी थप विकास गरिने पनि बताए ।
यी गाउँपालिकाका बासिन्दालाई २० एकड जग्गा दिइने छ, जसमा फलफूलका रुख रोपिनेछ । यसले हरियो कभर बढाउनुका साथै जैविक विविधताको विकास गर्नेछ। विभागका अतिरिक्त मुख्य सचिव हरजोत कौर बम्हराले प्रदेशमा १ सय ३३ सिमसार क्षेत्र रहेको बताइन्, जसको क्षेत्रफल १०० एकडभन्दा बढी छ । यिनको संरक्षण गर्यौं भने जैविक विविधता जोगाउन निकै सहयोगी साबित हुनेछ । उनका अनुसार राज्यका तीन प्रमुख रामसार साइटहरूमा बेगुसरायको कंवर ताल, जमुईको नागी नक्टी र अन्य समावेश रहेका छन्।
यसबाहेक राज्यमा अन्य साइटहरू खोजी भइरहेको छ। यसमा छपराको चिरन्द, औरंगाबादको भीम क्षेत्र र बिहार शरीफजस्ता ठाउँहरू पनि समावेश रहेका छन्। यी स्थानहरू समेटेर २ हजार ५९२ हेक्टर क्षेत्रफल विकास गर्ने योजना पनि सार्बजनिक गरिएको छ । जैविक विविधताका सम्बन्धमा साझा कार्ययोजना तयार भइरहेको उनले बताए । यसमा सबै विभाग र नागरिक समाजका व्यक्तिहरूलाई पनि समावेश गरिनेछ।

चीनमा २०० बालबालिकालाई विषाक्त सिसा दिएको आरोपमा प्रिन्सिपल पक्राउ

इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह: संयुक्त राष्ट्रसंघ

टेक्सासमा बाढीले ज्यान गुमाउनेको सङ्ख्या १०० नाघ्यो, उद्धार कार्य जारी

केन्यामा सरकार विरोधी प्रदर्शनमा ११ जनाको मृत्यु, ५०० भन्दा बढी पक्राउ

गाजामा विष्फोट : पाँच इजरायली सैनिकको मृत्यु, १४ घाइते

मंगल मिसनका लागि १० अर्ब डलर, १० बुदाँमा जान्नुहोस् ट्रम्पको नयाँ कर नीति

प्रतिक्रिया