मकैमा फौजी किराको समस्या देखिएपछि किसान चिन्तित

मकैबालीमा फौजी किराको समस्या बढ्न थालेपछि भोजपुरका किसान चिन्तित भएका छन् । फौजी किराले मकैबालीमा क्षति गर्न थालेपछि किसान चिन्तित भएका हुन् ।
वैशाख अन्तिम साताबाट अमेरिकन फौजी किराको समस्या बढेसँगै मकैबालीमा क्षति पुगेको स्थानीय कृषक धनबहादुर थापाले बताए । किराका कारण गोड्ने समय भएको मकैको गुबोभित्र पसेर गुबो खाइदिने, पात खाने र पहेँलो भएर मर्ने समस्या रहेको उनको भनाइ छ ।
'यस वर्ष पनि मकैमा फौजी किराको समस्या देखिएको छ,' उनले भने, 'फौजी किराले मकैको गुबो खाएर नष्ट बनाएको अवस्था छ । मकैमा किराको प्रकोप बढेपछि चिन्ता थपिएको छ । विशेष गरेर तल्लो भेगमा लगाइएको मकैमा किराको समस्या बढी देखिएको छ ।'
भोजपुर नगरपालिकाको टक्सार, बोखिम, दाँवा, पौवादुङमा गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, अरुण गाउँपालिकालगायत तल्लो क्षेत्रमा फौजी किराको समस्या देखिएको किसानको भनाइ छ । किराले गुबो नै खान थालेपछि मुख्य खाद्यान्नका रुपमा लगाइएको मकैको उत्पादन घट्ने अवस्था रहेका किसानको भनाइ छ ।
बेँसी तथा तल्लो भेगमा किसानले लगाएको मकैबालीमा फौजी किराको समस्या देखिएकोे कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । किरा नियन्त्रयका लागि किसानलाई आवश्यक प्राविधिक सहयोग गरिरहेको केन्द्रको भनाइ छ ।

हवलदारसहित २१ जना प्रहरी सम्पर्कविहीन

दूध उत्पादनमा नमूना बन्दै ‘बेलवास गाउँ’

आजको मौसम : चट्याङसहित वर्षाको सम्भावना

आगलागीमा तीन लाख बढीको क्षति

जनविरोधी क्रियाकलापहरु नगर्न पूर्वराजा शाहलाई प्रधानमन्त्री ओलीको चेतावनी

देशका अधिकांश भागमा बदली हुने

शिक्षक दरबन्दी न्यून हुँदा पठनपाठनमा समस्या

प्रतिक्रिया