बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ

काठमाडौं महानगरपालिका-१४ बल्खुबाट लागु औषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका-२ घर भएका २४ वर्षीय होमराज श्रेष्ठ, काभ्रेको धुलिखेल नगरपालिका-२ घर भएका २३ वर्षीय रवीन श्रेष्ठ, नुवाकोटको तारकेश्वर गाउँपालिका-४ का २१ वर्षीय सुरेन्द्र अछामी र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भएका विजय आले पक्राउ परेका हुन् ।
उनीहरुलाई प्रहरी वृत्त कालीमाटीको टोलीले पक्राउ गरेको हो । उनीहरुबाट १ हजार ६७ क्याप्सुल, १९ हजार ५ सय रुपैयाँ र ६ थान मोबाइल बरामद भएको छ । पक्राउ परेकाहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद दिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

राशिफलमा यस्तो हुनेछ आज तपाईंको भाग्य

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

११ विधामा उत्कृष्ट इञ्जिनियरलाई सम्मानसहित पुरस्कृत गरिँदै, आवेदनकाे आज अन्तिम…

भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

कालीगण्डकीमा स्नान गर्नेको घुँइचो

प्रतिक्रिया