शिक्षा मन्त्री पन्तले विद्यालय शिक्षा विधेयकलाई अघि बढाउन मागे साताको समय

शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकलाई अघि बढाउन एक साताको समय माग गरेका छन् । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा मन्त्री पन्तले शिक्षकहरुसंग गरेको सहमतिका आधारमा विधेयकलाई अघि बढाउन आफू शिक्षकहरुसंग निरन्तर छलफलमा रहेकाले एक साताको समय माग गरेका हुन् ।
एकसाताभित्र शिक्षकहरुसंग छलफल गरेर त्यसको जानकारी समितिमा गराउने उनले बताए । उनले सरकारको मन्त्रीको हैसियतले शिक्षकहरुसंग गरेको ९ बुँदे सहमति कार्यान्वयन गर्न आफु प्रतिवद्ध रहेको बताए । शिक्षक महासंघले ९ बुँदे सहमति भन्दा अघि भएका सहमतिलाई पनि छलफल लैजान जोड दिइरहेको उनले बताए ।
बैठकमा समिति सभापति अम्मरबहादुर थापाले एकसातापछि बस्ने बैठकमा विधेयकका सन्दर्भमा सरकारको स्पष्ट धारणा ल्याउन निर्देशन दिए। उनले शिक्षकहरुको माग सुनुवाइ नगर्दा सरकारप्रति आन्दोलन भएको भन्दै अव विधेयकलाई अघि बढाउन ढिलाई गरेर संसदीय समिति विरुद्ध नै आन्दोलन हुने अवस्था सिर्जना नगर्न आग्रह गरे।
यस्तै समितिले आगामी जेष्ठ १६ र १७ गते मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थलगत भ्रमण गर्ने निर्णय गरेको छ ।

कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने प्रचण्ड हुनः प्रधानमन्त्री …

बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरुको तयारी अन्तिम चरणमा

उर्जा मन्त्री खडकाले झोक्किदै भने, ‘तीन दिनभित्र फाइल छिनोफानो गर्नु'

सरकार मौन बस्दा प्रतिगामीले फुर्ति देखाएः प्रधानमन्त्री ओली
जेठको अन्तिमदेखि ग्वार्काे चोकको फ्लाइओभरमा गाडी आवतजावत हुनेः मन्त्री दाहाल

सबै दलको सहमतिमा संविधान संशोधन गर्नुपर्ने

क्रियाशिल सदस्यता टुंगाउन भोली कांग्रेस पदाधिकारी बैठक बस्ने

प्रतिक्रिया